एजेन्सी । चर्चित बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले फिल्म उद्योगका ‘कास्टिङ काउच’ को घटना बाहिर ल्याएकी छिन् । हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुराना समेत यसको चपेटामा परेको समाचार बाहिरिएको थियो ।

बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा सबै चकित हुनेगरी खुलाएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शि का र भएको खुलासा गरेकी हुन् । उनले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा बोलाउने बताएकी छिन् । उनले कास्टिङ काउचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११–१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’

शर्लिनले ४–५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझेको बताइन् । उनले भनिन्, ‘मैले डिनरको मतलब बुझेँ । त्यसपछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गरेँ ।’ उनको यो खुलासा अहिले भाइरल बनेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु