दार्चुला । यो नेपाल र नेपालीका लागि अत्यन्तै दुखद खबर हो । सँधै हेपाहा प्रवृती रहेको भारतले यस्तो संकटको घडीमा नेपाल र नेपालीमाथी ठूलो घात गरेको छ । भारतले नेपाली भूमि लिपुलेकलाई औपचारिक रुपमा नै आफ्नो कब्जामा लिएको छ । जुन उदेश्यले यसअघि राजनीतिक नक्सा ल्याएको थियो । केही महिना नपुग्दै त्यो पुरा गरेको छ । अत्यन्तै प्रसिद्ध चीनमा रहेको धार्मिकस्थल मानसरोवर जान भारतियहरु नेपाल हुँदै जानुपर्ने थियो ।

 

यसले भारतको अर्थतन्त्र नेपाल आउने गर्दथ्यो । त्यो कटौती गर्न भारतले जसरीपनि भारतिय भूमी कब्जा गरेर चीनसँग छिटो मार्ग जोड्न चाहान्थ्यो । यो इतिहासदेखिको लडाई थियो । आज त्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा रहेका बेला पुरा गरेको छ । मानसरोवर जाने सडक मार्ग खोलेर हिँजै उद्घाटन गरेको छ । यो उसको सदियौँ देखिको रणनीति थियो । नेपाली भूमि एक चिम्टिमाथीपनि भारत वा अरु कुनैपनि देशले नजर लगाउँन पाउँदैन । सरकारले तत्काल यसमा कदम चालोस् । सरकार कानमा तेल हालेर बस्यो भने ३ करोड नेपाली फेरी जाग्नेछन् । बीर गोर्खालीको साहस र हिम्मत देखाउँनेछन् । त्यो दिन नआओस् । पहिले नै सरकार सरकारबीच कुटनीतिक पहल होस् । यसका लागि तपाईलाई लागेको बिचार लेखेर यो भिडियो सक्दो सेयर गर्नुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेको उनको ट्विटरबाट थाहा भएको छ । कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको शुक्रबार भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको जनाइएको छ । मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न पाउँदा खुशी छु’, उनले ट्विट गरेका छन् , ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’

रक्षामन्त्री सिंहले सीमासम्म सडक जोड्नु भारतको ठूलो उपलब्धि भएको उल्लेख गरेका छन् । यो सडकले स्थानीय र व्यापारीलाई सुविधा पुग्ने उनको विश्वास छ । भारत चीनबीच व्यापारका लागि यो सडक मार्ग महत्वपूर्ण रहेको भारतीय अनलाइन संस्करण अमर उजालाले उल्लेख गरेको छ । नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।

 

चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ । भारतीय व्यापारीले चीनको सामान आयातनिर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो ।

 

भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुंजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढांग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढांगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ । भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो । तावाघाटदेखि लिपुलेकसम्मको सडकको ट्र्याक खुलेसँगै अब भारतीयको पैदलयात्राको अन्त्य भएको भारतीय अनलाइन संस्करणले जनाएका छन् ।

 

यो उसको सदियौँ देखिको रणनीति थियो । नेपाली भूमि एक चिम्टिमाथीपनि भारत वा अरु कुनैपनि देशले नजर लगाउँन पाउँदैन । सरकारले तत्काल यसमा कदम चालोस् । सरकार कानमा तेल हालेर बस्यो भने ३ करोड नेपाली फेरी जाग्नेछन् । बीर गोर्खालीको साहस र हिम्मत देखाउँनेछन् । त्यो दिन नआओस् । पहिले नै सरकार सरकारबीच कुटनीतिक पहल होस् । यसका लागि तपाईलाई लागेको बिचार लेखेर यो भिडियो सक्दो सेयर गर्नुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=--6fbtBheiM

सम्बन्धित खबरहरु