काठमाडौं । विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना संक्रमण रोक्न लगाइएको लकडाउनका कारण अहिले विश्वभर जीवनत्यागका घटनाहरु बढेका छन् । नेपालमा पनि लकडाउनको अवधिमा झण्डै पाँच सय जनाले जीवनत्याग रोजेका छन् । मान्छे अहिले मानसिक रुपमा एकदम कमजोर भएको छ । एक्लै बस्नु परेका कारण दिमाग नकरात्मकतर्फ जाने खत्तरा धेरै हुन्छ । जीवनत्याग गरिबहरुले मात्रै गर्छन भन्ने कुरा आफैंमा सत्य होईन । अहिलेको पुस्तामा सामाजिक सञ्जालको प्रयोग पनि लगातार बढ्दैछ । सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बनाउनेहरु पनि छन् । मानिसहरु नेपालका मात्रै होईन, संसारभरका सबैलाई एउटै तनाब छ । कोरोना महामारीको भविष्य कसैलाई जानकारी छैन ।

गाउँमा परिवारसहित भएकाहरु शहरका मान्छे भन्दा धेरै खुःशी छन् । किनभने उनीहरुको जीवनमा यसको खास प्रभाव देखिएको छैन । लकडाउनमा मानसिक रुपमा सबैभन्दा धेरै पिडित शहरमा बस्नेहरु भएका छन् । दिनभरी सामाजिक सञ्जालमा झुण्डेर आफ्नो समय बिताउँदै गर्दा एक्लोपनको कुरा पनि बाहिर आउँछ । झन लगातार फिल्म हेर्ने वा मोबाइलमा गेम खेल्नेहरुका लागि यो समय थप चुनौतीपुर्ण हो । त्यसैले जानकारहरु सामाजिक सञ्जाल कम चलाउन अनुरोध गर्छन । अहिलेको पुस्तामा बढ्दो सामाजिक सञ्जालको प्रयोगले मानवतको पाठ सिकाउन सकिरहेको छैन । मान्छेहरु एकदम स्वार्थी भएको छ ।

 

धेरै नाम चलेका कलाकारहरु पनि डि प्रेशनजस्तो गम्भीर बिरामीबाट ग्रसित छन् । बलिउडमा हालै २ जना चर्चित कलाकारले क्यान्सरका कारण ज्यान गुमाए । क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी कुरा र भ्रामक समाचार पढ्दा मानिस मा नसिक बिरामी बन्दै छन् । घरमै केही नगरी बस्दा कोभिड–१९ बारे सोच्ने, त्यसकै कुरा गर्ने हुनाले आत्तिने, छटपटी र तनाव हुने समस्या बढिरहेको छ । आज हामी यो महामारीमा आफुलाई मा नसिक रुपमा कसरी ठिक गर्न सकिन्छ त्यस बारेमा चर्चा गरौं । माथि उल्लेख गरिएजस्तै सामाजिक सञ्जालमा धेरै समय बिताउनु हुँदैन । यस्ले हामीलाई थप एक्लो बनाउँछ । जहाँ हामी डि प्रेशनको शिकार हुनसक्ने सम्भावना रहन्छ । यो सँगै कोभिड–१९ सम्बन्धी समाचार धेरै नपढ्ने, आधिकारिक मिडियाको मात्र भर पर्ने गर्नुपर्छ ।

 

अहिले कतिपय समाचारहरु शिर्षक उ त्तेजक खालका हुने भएको हुँदा हाम्रो दिमागमा जोर पर्न सक्छ । आफूलाई व्यस्त राख्ने तथा मनमा लागेका कुरा गर्ने गर्नुपर्छ । परिवारसँग समय बिताउनु सबभन्दा सरल र सहज तरिका हो । तर सबै मान्छेहरु परिवारसँग बस्दैनन् । खानपानमा पोषणजन्य आहार खानेसँगै किताब पढ्ने, लेख्ने, फिल्म हेर्ने गर्नुपर्छ । विज्ञहरुका अनुसार सामान्य व्यायाम र योग गर्ने, पर्याप्त निदाउनु पनि एक उपाय नै हो । सामान्य दिनहरुमाजस्तै जाँ डर क्सी र अन्य ला गुप दार्थ बाट टाढा रहनुपर्छ । हामी हाम्रो जीवनान सधै आशावादी बन्नुपर्छ । महामारी बिस्तारै साम्य हुन्छ भन्ने सोच राख्नुपर्छ तर सावधान पनि हुनुपर्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु