पौष १७, काठमाडौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विवादित विषयमा दलहरुले सहमति नगरे नयाँ संविधानको पहिलो मस्यौदा आफैंले बनाउने चेतावनी दिएका छन् ।

संविधासभा भवन नयाँ बानेश्वरमा जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले दलहरुसामू दुई विकल्प प्रस्तुत गरेका हुन् ।

एक नेताका अनुसार नेम्वाङले पहिलो विकल्पका रुपमा संविधानका विवादित विषयमा चार दिन भित्र सहमति गर्न दलहरुलाई आग्रह गरे ।

त्यसमा सहमत नहुने भए संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन प्रस्ताव गरेका छन् । ‘नियमावलीलाई निलम्बन गरे १० देखि १४ दिनभित्र म मस्यौदा बनाउँछु’ आफू शिव भगवानले जस्तै कालकूट विष खान तयार भएको भन्दै बैठकमा नेम्वाङले भने-‘चिक्त नबुझे संशोधन गर्नुस् ।’

बैठकमाSabhamukh-Nemwang कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच सहमतिको प्रयास गर्ने बताए । केही दिनमा सहमति नभए सभाध्यक्षले माग गरे अनुसार मस्यौदाको अधिकार दिन सकिने उनीहरुले बताए ।

तर, माओवादीले भने सभाध्यक्षलाई मस्यौदा बनाउन दिन नसकिने बताएको छ ।  बैठकमा सभाध्यक्षको प्रस्तावमाथि दलहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ ।

सम्बन्धित खबरहरु