काबुल, (रासस-एएनआई) अफगानिस्तान सरकारले तालिबान आन्दोलनका एक हजार समर्थकलाई रिहा गरिदिएको छ । वि'द्रोही पक्ष र सरकार पक्षका बीचमा वार्ताका लागि वातावरण बनाउन सजिलो होस् भन्ने उद्देश्यले उनीहरुलाई रिहा गरिएको सरकारी अधिकारीहरुले शनिबार बताएका छन् । अफगान सुरक्षा राष्ट्रिय परिषद्का अधिकारीहरुले भनेका छन्, “कोरानाभाइरस विरुद्धको लडाई र शान्ति सुरक्षा कायम गर्नका लागि एक हजार जनालाई रिहा गरिएको हो ।”

उनीहरुको रिहाईले हिंसा अन्त्य गर्न र शान्ति स्थापना गर्नका लागि सिधै वार्ता शुरु गर्न सजिलो हुने विश्वास पनि सरकारी अधिकारीहरुले गरेका छन् । परिषद्को आधिकारिक ट्वीटरमा अफगान सरकार वार्ता मार्फत् हिंसाको अन्त्य गर्न चाहेको उल्लेख गरिएको छ । अफगानिस्तानमा शान्ति स्थापना गर्नका लागि भन्दै गत फेब्रुअरीमा तालिवान पक्ष र अमेरिकी पक्षका बीचमा कतारको दोहामा सम्झौता भएको थियो ।

 

उनीहरुका बीचमा शान्ति सम्झौता भएपनि अफगानिस्तानमा शान्ति स्थापना हुन भने सकेको छैन । अनेक समूहबाट हिंसात्मक गतिविधिहरु भइरहेका छन् । अमेरिकी पक्ष र तालिबान पक्षका बीचमा भएको सम्झौताका आधारमा तालिबान पक्ष पाँच हजार बन्दीहरुलाई रिहा गर्न माग गरेको छ । अफगान सरकारले पनि उनीहरुलाई चरणबद्ध रुपमा रिहा गरिने जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु