पौष १७, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड संविधान बन्न नदिने खेलमा लागेको आरोप लगाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकपछि ओलीले प्रचण्ड र गच्छदार देश जहाँसुकै जाओस्, संविधान आउनुहुँदैन भन्नेमा लागेको बताए । ‘बैठकमा पुष्पकमल दाहालजीको कुरा सुनेर म आश्चर्यमा परेँ’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने-उहाँले सहमति नभई हुँदैन । तर, सहमति नगर्ने भन्नुभो ।’

मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले प्रचण्डलाई पछ्याएको ओलीले बताए । माओवादी र मधेसी मोर्चा उत्ताउला कुरा गर्ने, अनेकखालका मान्छेहरुलाई उचाल्ने र संविधान बन्न नदिने खेलमा लागेको ओलीको आरोप थियो ।

माघ ८ मै संविधान आउने भन्दै ओलीले त्यसका लागि आफूहरुसँग आवश्यक मत रहेको र त्यसलाई अimagesत्यधीक बनाउने प्रयास जारी रहेको बताए ।

कार्यव्यवस्था परामर्श समितिको विहीबार बसेको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमति गर्न वा संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन प्रस्ताव गरेका छन् । नेम्वाङको प्रस्तावमा कांग्रेस र एमालेको सहमति रहेको ओलीले बताए ।

यसैबीच एमाओवादी अध्यक्ष प्रचण्डले सन्चारकर्मीसँग कुरा गर्दै बैठकमा आ-आफ्ना धारणा राख्ने काम मात्रै भएको बताए । सहमति गर्न प्रचण्ड तयार नभएको भनेर ओलीले दिएको अभिव्यक्तिबारे सन्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने-‘अरुले बोलेको कुरामा म टिप्पणी गर्दिन ।’

सम्बन्धित खबरहरु