काठमाडौ । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै छाइरहन्छिन् । उनी फेसवुक लगायतका सामाजिक सञ्जालमा निकै सकृय छन् । उनी अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । उनी अहिले १९ वर्षकी भइन् । कुनै वेला नेपालमा राज गरेको राजतन्त्र अहिले अवसान भएको छ । तर पनि राजपरिवार प्रतिको सर्वसाधारणको चासोमा भने कमी छैन । उनीहरुको ब्यक्तिगत र पारिवारीक जीवनका बारेमा सर्वसाधारणले चासो राखिरहन्छन् ।

 

पूर्णीका इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत छिन् । उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् । त्यसैवाट उनीहरुको परिवार र ब्यक्तिगत जीवनका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । पुर्णिकाले आफ्ना जिवनका ब्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा पोख्ने गरेकी छन् । उनले निकै मार्मीक कथा पनि सामाजिक सञ्जालमा फोष्ट गर्छिन । उनका भावना निकै भावनात्मक हुन्छन् । उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । पूर्णीकाले सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । उनले आफुसंग राखेका जिज्ञासाको जवाफ दिन्छिन् । अन्तरकृया गर्न मन पराउने पूर्णीकासंग फालोअर्सले पनि दोहोरो कुराकानी गर्छन । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो’ निजि जीवनको बारेमा एउटा रहस्य खोलेकी छन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् ।

 

उनले एउटा वेवसाइटमा अकाउन्ट खोलेकी छन् । जसमार्फत उनले सर्वसाधारणले आफुलाई सोधेका प्रश्नको उत्तर दिन्छिन् । जसमा उनका नितान्त निजि कुरा पनि हुन्छन् । पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिनएजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ । एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ उनको यो जवाफवाट पूर्णीका प्रेममा रहेको अनुमान लगाउन सकिन्छ । उनले आज एउटा अति रोचक कथा सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । त्यो कथा हामी यहाँ राख्दैछौ । जसले दुनियाँलाई नै भावुक बनाएको छ ।

धर्मको रक्षक
----------
एकजना धनी पुरुषले , बुद्धिमानी महिला संग बिबाह गरे ! धनी मान्छे हमेसा आफ्नो श्रीमती संग तर्क बितर्क बाद-बिबाद मा हार्ने गर्थ्यो ! श्रीमतिले भनिन्: महिलाहरू कुनै पुरुषभन्दा कमि हुदैनन् ! धनी पुरुषले भन्यो: म दुई बर्षको लागि परदेश जान्छु , तिमी घर बनाउ ब्यापारमा मुनाफा गर र एक बच्चा जन्माऊ ! भन्दै उ परदेश हिड्यो !

 

श्रीमती ले सम्पुर्ण कर्मचारी लाई इमानदारी को ज्ञान् जगाइन र मेहनतको परिभाषा सिकाइन ! साथै, तलब पनि बढाइदिन ! सबै कर्मचारी खुशी भएर काम गर्न थाले , नाफा पर्याप्त मात्रमा बढ्न थाल्यो ! श्रीमतिले घर बनाइन ! श्रीमतिले दस वटा दुधालु गाई पालिन र धेरै पालन पोषण गरिन ! गाइले दूध धेरै राम्रो दिन थाल्यो , दुध बाट दहि बनाएर अर्को परदेशमा आफ्नो भेष बदलेर दहि बेच्न लागिन ! र आफ्नो श्रीमान लाई दहि बेचिन सुन्दर रुपको मोहपास मा फ़साएर सम्बन्ध बनाइन !
फ़ेरिपनि एकदुई चोटि सम्बन्ध काएम राखिन र औंठी उपहार स्वरुप लिएर उनी घर आइन !

उनी एक बच्चाको आमा पनि बनिन ,

दुई बर्ष पछि श्रीमान घर आयो , घर र श्रीमती लाई देखेर स्तम्भ र खुशी भयो ! तर, श्रीमतीको काखमा बच्चा देख्यो रिसले भन्न थाल्यो यो बच्चा कसको हो?? श्रीमतीले जब दहि वाली को याद दिलाइन र उसले दिएको औंठी देखाएपछि धनी मान्छे धेरै खुशी भयो ! श्रीमती ले भनिन: यदि त्यो दहि वाली मेरो ठाउँमा अर्कै हुन्थीभने के हुन्थ्यो???

"संसार भरका पुरुष सँग यो प्रश्नको जवाफ् छैन" ! "नारी पुरुषहरूको मुक्तिदाता ! नारी, पुरुषको धर्मको रक्षक ! नारी, पुरुषको गृहलक्ष्मी ! नारी,पुरुषलाई यो स्थानसम्म पुर्याउने असल जिबन साथी पनि हो" !!! आराध्य देव श्रीपशुपतिनाथले सबैको कल्याण गरून् जय जननी ?? जय नेपाल

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु