काठमाडौं । भारतले नेपाली भुमि मिचेर सडक बनाएको प्रशंगमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोल्नु भएको छ । केही दिन पहिले भारतले नेपालको कालापानी, लिपुलेक मिचेर मानसरोवर पुग्ने सडक निर्माण गरेपछि नेपालमा भारतको चर्को विरोध हुँदैछ । सडकदेखि लिएर संसदसम्म भारतीय रवैयाको खुलेरै विरोध गर्न थालिएको छ ।

भारत भने आफुले नेपालको जमिनमा कुनै पनि सडक नबनाएको दावा गर्दै आएको छ । पूर्वराजा शाहले ट्वीटरमार्फत लिपुलेक प्रकरणमा भारतसँग मात्रै नभई चीनसँग पनि कुरा गर्नुपर्ने बताउँनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय हो। यसको समाधानका लागि सरकारका तर्फबाट म्यान–टु–म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल–भारत–चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।’ यस बारे शाहका शब्द यस्ता छन् ।

निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय हो। यसको समाधानका लागि सरकारका तर्फबाट म्यान-टु-म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल-भारत-चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।

https://twitter.com/GBBShah/status/1259524136306688001

आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।

https://twitter.com/GBBShah/status/1258958117364215808

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु