आदिवासी जनजातिहरुको अभिभावकीय भुमिका खेल्ने जिम्मेवारी आएको छ : हिरुसरा राना


२०४२ सालमा पाल्पाको तत्कालिन अर्चले गा.वि.स (हाल निस्दी गाउँपालिका वडा नं ६) नारी भञ्याङमा जन्मनु भएकी हिरुसरा राना एक, जुझारु, सशक्त महिला नेतृ हुनुहुन्छ । गोरखनाथ मा.वि. र सिलुवाको जनमार्ग मा.वि. बाट माध्यामिक शिक्षा पुरा गर्नुभएकी नेतृ रानाले उच्च शिक्षा भने पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट पुरा गर्नु भएको थियो । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयुबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी रानाले अखिल नेपाल महिला संघ जिल्ला कमिटी पाल्पाको कोषाध्यक्ष र उपाध्यक्ष हुँदै अन्तरपार्टी महिला सञ्जाल पाल्पाको सचिव समेत बन्नुभयो ।

 

२०६६ सालमा नेपाल मगर महिला संघको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय उपाध्यक्ष, पाचौँ राष्ट्रिय महाधिवेशबाट महासचिवमा अत्याधिक बहुमतका साथ निर्वाचित हुनुभयो । निकै सरल, साहशी नेतृ राना हाल मगर महिला संघको केन्द्रिय उपाध्यक्ष एवं नेकपासँग आबद्ध राष्ट्रिय लोकतान्त्रिक मगर मोर्चा नेपालको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । यही बैशाख १४ गतेको मन्त्रीपरिषद बैठकको निर्णयले उहाँलाई सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य पदमा नियुक्त गरेको छ । प्रस्तुत छ नेतृ रानासँग गरिएको कुराकानीको अंश ।

 

भर्खरै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्का सदस्य पदमा नियुक्त हुनु भएको छ । कस्तो महसुस गर्नु भएको छ ?

नेपाल सरकारले सुचिकृत गरेको ५९ वटा जनजातिहरुको भाषा संस्कार, संस्कृति, वेषभूषा, परम्परागत सीपहरु जगेर्ना गर्नका निम्ती अभिभावकिय भूमिका निर्वाह गर्ने जिम्मेवारी आएको महसुस भएको छ ।

 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान कस्तो खालको संस्था हो ?

नेपाल सरकार संघियमामीला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको आदिवासी जनजातिहरुको प्रतिष्ठान हो । यसले नेपालमा बसोबास गरेका आदिबासी जनजातिको उत्थान, विकास संरक्षण, सर्वद्धन प्रर्वद्धन गर्ने एक प्रमुख जिम्मेवार निकाय हो । यसले नेपालका आदिबासी जनजातिहरुको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक विकास तथा उत्थान जस्ता सर्वाङगीण विकास गर्नुका साथै उनीहरुको भाषा लिपि, संस्कृति साहित्य कला इतिहास र परम्परागत ज्ञान तथा सीपको संरक्षण र प्रर्वद्धन गर्ने आधिकारीक संस्था हो ।

 

सदस्यको हैसियतले प्रतिष्ठानमा तपाईको भुमिका कस्तो रहन्छ ?

सदस्यको हैसियतले भन्नु पर्दा समग्र आदिबासीहरुको समस्या के छ पहिचान गरी योजनाहरु ल्याउँदा त्यस समुदायको उत्थान र विकासको लागि कार्ययोजनाहरु बनाउन पहल गर्नेछु । प्रतिष्ठानको बैठकमा आदिबासी जनजातिहरुको समस्याको विषयमा समस्या समाधान गर्नका निम्ती विषय उठान गर्नेछु । आदिबासी जनजातिहरुको परम्परागत रितिरीवाज, मातृभाषा, लोपउन्मुख संस्कार तथा संस्कृतिको जगेर्नाका निम्ती के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर योजना प्रस्तुत गर्ने मात्र होइन कार्यान्वयनका निम्ती पहल पनि गर्नेछु ।

 

अहिले नेपालको आदिबासी जनजातिहरुको समग्र अवस्था के कस्तो पाउनुहुन्छ ?

समग्र समुदायको तुलनामा आदिबासीजनजातिहरु अन्य समुदाय भन्दा पछाडी छन् । चाहे त्यो शैक्षिक, आर्थिक, राजनैतिक क्षेत्रमाकिन नहोस । हाम्रो मुद्धा पनि राज्यको हरेक निकायमा जनजातिहरुलाई अर्थपूर्ण सहभागित गर्नु पर्छ भन्ने नै हो । राज्यको संविधानले जनजातिहरुलाई पनि उनीहरुको उत्थानको निम्ती प्रतिष्ठानको गठन पछि समस्या पहिचान गरेरर आफ्ना मुद्धा राख्न सक्ने भएका छन् । हामीलाई राज्य प्रति जिम्मेवारी बढेको महसुस भएको छ ।
नेपालको सुचिकृत ५९ आदिवासी जनजाति भित्र पनि वर्गिकरण गरिएका छन् ।

  • लोपोन्मुख समूह : कुसुण्डा, बनकरिय, राउटे, सुरेल लगाएत समुदाय पर्दछ ।
  • अतिसिमान्तकृत समूह : माझी, चेपाङ, थामी लगाएतका समुदाय पर्दछ ।
  • सिमान्तकृत समूह : सुनुवार,थारु,कुमाल धिमाल लगाएतका समुदाय पर्दछ ।
  • सुविधावञ्चित समूह : मगर, गुरुङ, राई, लिम्बु, शेर्पा, जिरेल लगाएतका समुदाय पर्दछ ।
  • उन्नत समूह : थकाली, नेवार समुदाय पर्दाछ । यिनै लोपोन्मुख समूह, अतिसिमान्तकृत समूह, सिमान्तकृत समूहका समुदायहरु धेरै पछाडी र हरेक क्षेत्रमा कमोजर अवस्थामा रहेका छन् ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य जस्तो महत्वपुर्ण पदमा जिम्मेवारी सुम्पिनु भएकोमा अग्रज नेतागण तथा मेरो संगठनलाई हृदय देखीनै हार्दिक धन्यवाद ज्ञापन गर्दछु साथै मलाई देश तथा बिदेशबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बधाई तथ शुभकामना दिनु हुने सम्पूर्ण सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दछु र आगामि दिनमा पनि उहाँहरुको यस्तै साथ सहयोगको अपेक्षा गर्दै आफ्नो जिम्मेवारी पूर्णरुपले पालना गर्ने प्रतिवद्धता ब्यक्त गर्न पनि अनत्यमा विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले आवहान गरेको लकडाउन पूरा पालना गर्न गराउन सबैलाई अनुरोध गर्दछु ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानून पढ्ने प्रथम वर्षका विद्यार्थी अधिकांश फेल भएपछि नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनी
त्रिविको परीक्षाफल निराशाजनक, साढे पाँच प्रतिशत मात्र उत्तीर्ण
त्रिविको स्थगित परीक्षा तत्काल हुने सम्भावना यसरी टर्यो
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनबारे बोल्यो शिक्षामन्त्रालय
एलएलबी प्रथम बर्षको नतिजा प्रकाशित [नतिजा हेर्ने तरिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता