त्रासमाथी स्कुलको पिडा, लकडाउनदेखि असारसम्मको शुल्क बैकमा जम्मा गर्नु भन्दै बिल पठाएर हैरान


काठमाडौं । लकडाउनका कारण नेपालमा मात्रै नभई विश्वभरका विद्यार्थीहरु धेरै प्रभावित भएका छन् । अहिले विद्यार्थीसँग अनावश्यक शुल्क लिइरहेको भन्दै नलिन भनिएको छ । तर पनि कतिपय निजी विद्यालयहरुले लकडाउनको बेलामा विद्यार्थी र अभिभावकलाई कसरी लुट्न सकिन्छ भनेर हरसम्भव लागेका छन् । कोभिड–१९ भाइरस संक्रमण त्रासका कारण लकडाउनमा बसिरहेको बेला काठमाडौंको एक निजी स्कुलले अभिभावकसँग पढाई नै नभएको वैशाखसहित आगामी असार महिनासम्मको शुल्क तिर्न ताकेका गरेको खबर बाहिर आएको छ ।

 

लाजिम्पाटस्थित बेस्ट मन्टेश्वरी इलेमेन्टरी स्कुलले अभिभावकलाई शुल्कको बिल पठाउँदै एकैपटक २०७७ साल वैशाखदेखि असारसम्मको शुल्क तिर्न भनेको छ । शुल्क माछापुच्छे बैंकको लाजिम्पाट शाखामा जम्मा गर्नुपर्ने भन्दै खाता नम्बर समेत उपलब्ध गराइएको छ । उक्त स्कुलले शिक्षा मन्त्रालय तथा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन समेत नमानेको स्पष्ट भएको छ । गत शैक्षिक वर्षको चैत महिनाको शुल्क नलिन सरकारले दिएको निर्देशन समेत यो स्कुलले पालना गरेको छैन ।

 

उसले पढाइ नै नभएको बैशाख महिनाको शुल्कमा भने ३० प्रतिशत छुट दिने निर्णय भएको अभिभावकलाई पठाएको पत्रमा खुलाइएको छ । विद्यालयको यस्तो बिल पाएपछि अभिभावकले पनि गुनासो गरेका छन् । अभिभावकलाई पठाइएको शुल्क विवरणसहितको पत्रमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वार्षिक शुल्क ३७ हजार ५ सय रुपैंया तोकिएको छ । सोही तहका विद्यार्थीलाई मासिक शुल्क प्रति महिना दश हजार ५ सयको दरले तीन महिनाको ३१ हजार ५ सय रहने तर उक्त शुल्कमा ३० प्रतिशत छुटपछि २२ हजार ५ सय मात्रै दिएपनि हुने भनिएको छ । पत्र तल हेर्न सक्नुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता