सप्तरी । कोरोना भाइरस (कोभिड–१९) का २२१ औं संक्रमितको ट्राभल हिष्ट्री अलिक जोखिमयुक्त देखिएको छ । आज सप्तरीमा भेटिएका संक्रमित युवक लकडाउनको बेला चितवनबाट २६० किलोमिटर पैदल हिँडेर आएको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि उनको यात्रा र सम्पर्क व्यक्तिको खोजी गरिएको थियो । स्वास्थ्य मन्त्रालयको विशेष टोलीले उनको यात्रा र सम्पर्क अलिक जोखिमपूर्ण हुने बताएको छ ।

चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए । उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो । बाँकी अरुको रिपोर्ट आउँन बाँकी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु