काठमाडौ । खोटाङ जिल्लामा २ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को (आरडिटि) टेष्ट गर्दा रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ । उनीहरु एक जना विदेशबाट काठमाडौ हुँदै र अर्का एक जना काठमाडौबाट गएका थिए । साकेला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काका अनुसार दुई जना पुरुषमा (आरडिटि) टेष्ट रिपोर्ट ‘पोजेटिभ’ देखिएको हो ।

 

अध्यक्ष खड्काका अनुसार १ जना पुरुष विदेशबाट काठमाडौ हुँदै २०७६ फाल्गुन १२ गते रतन्छामा आएको र अर्का एकजना काठमाण्डौबाट आएको जनाइएको छ । गत फाल्गुण ११ गते दुबईबाट नेपाल आएका ५८ बर्षिय पुरुष र काठमाण्डौमै बस्दै आएका २३ बर्षिय युवा २०७६ बैशाख १२ गते गाडी रिजर्भ गरेर गाउ आएका उनीहरुलाई रतन्छाको साकेला माविको क्वारेन्टाइनमा १४ दिन राखेर होम क्वारेन्टाइनमा पठाइएको थियो ।

 

गाउँपालिकाले दोश्रो चरणमा दुई सय थान किट खरीद गरेर आजबाट आरडिटि परिक्षण सुरु गरेकोमा पहिलो दिन नै दुई जनामा पोजेटिभ देखिएको जनाएको छ । आज मात्रै २२ जनाको आरडिटी परिक्षण गरिएकोमा २० जनाको (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’आएको छ । ‘आरडिटीमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको र परिवारकै स्वाव संकलन गरेर पिसिआरका लागि पठाउने तथा त्यस वरपर लक गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको भनाई रहेको छ ।

 

यसअघि प्रदेश सरकारले बिदेशबाट फर्किएर आएकाहरुको कोरोना भाइरसको संक्रमण भए नभएको परिक्षण गर्न जिल्लाभरीको लागि १२० वटा किट पठाएपछि बैशाख ९ गते साकेला गाउँपालिकामा बिदेशबाट आएका १५ जनाको आरडिटी टेष्ट गरिएको थियो । १५ जनाकै रिपोर्ट नेगेटिभ आएको थियो । पहिले टेष्ट गरिएको मध्येकै एकजनामा भने पुनःपरिक्षण गर्दा पोजेटिभ देखिएको पालिका अध्यक्ष खड्काको भनाई रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु