काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक (डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गर्नुभएको छ । मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गर्नुभएको हो ।

 

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटनसमेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनीतिक नोट दिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु