काठमाडौ । अझैपनि दुरुस्त, तन्दुरुस्त सार्वजनिक कार्यक्रममा नै सहभागी हुने जिवित इतिहास ललितपुर निवासी शताव्दी पुरुष सत्यमोहन जोशी आज १०१ वर्ष पुग्नुभएको छ । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गर्नुभएका जोशी वैशाख ३० गते आज मंगलबार १०१ वर्ष पुग्नुभएको हो । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो ।

 

साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो । उहाँलाई सताब्दि पुरुष भनेर घोषणा समेत गरिएको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु गरिदैन । उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको जानकारी दिनुभयो ।

[caption id="" align="aligncenter" width="1920"] यसअघि प्रकाशित तस्विरको सर्वाधिकार जनबोली बाहेकको सञ्चार गृहमा पर्न गएकोमा क्षमाप्रार्थी छौ । हाल प्रकाशित तस्विरको सर्वाधिकार जनबोलीमा छ । -सम्पादक[/caption]

 

गत वर्ष सत्यमोहनको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो । यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शुभकामना दिनुभएको छ । उहाँले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्नुभएको छ । राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिनुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु