काठमाडौ । आज विश्व नर्सिङ दिवस, विश्वभरीका नर्सहरुको सम्मानमा विभिन्न सामाजिक सञ्जालमा शब्द व्यक्त भइरहेका छन् । यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण विश्वभरी नै औपचारिक कार्यक्रम छैनन् । तर विगतका बर्षमा भन्दा यो बर्ष नर्सहरुको सम्मानमा सबै नागरिकको मनोभावना जागृत भएको पाइएको छ । विभिन्न माध्यमबाट उनीहरुलाई सम्मानका शब्द व्यक्त भइरहेका छन् ।

 

विश्वभरी नै नर्स, डाक्टर तथा चिकित्सकहरुलाई जिवित देवतासमान भन्दै सम्मान गर्न थालिएको छ । अहिलेको यो भाइरस बिरुद्धको लडाइमा नर्सहरु नै अग्रमोर्चामा रहेका कारण उनीहरुको सम्मान भइरहेको छ । नेपालमापनि लकडाउन हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन। दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिएका छन्।

 

मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई उच्च मनोवलका साथ कार्य गर्न उर्जा मिलोस् भन्ने कामना पनि गरेका छन्। हरेक वर्षको मे १२ मा विश्व नर्सिङ दिवस मनाउने गरिन्छ। फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस मनाउने गरिएको हो।

 

सन् १८२० मे १२ का दिन इटालीमा आधुनिक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्न नर्स पेशाको शुरुवात गर्ने फलोरेन्सको सम्मानस्वरुप यो दिवस मनाउन शुरु गरिएको हो। नाईटिगेंलले बेलायतको लडंनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गरेकी थिइन्। नेपालमा वि.सं. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ विश्व नर्सिङ दिवस हरेक वर्षको मे १२ को दिनमा मनाईदै आएता पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्षको माघ १५ गते मनाउने गरीएको छ।

 

नेपालमा नर्सहरुको अवस्था निक्कै दयानीय छ । पढ्ुन खर्चिलो भएपनि रोजगारीका क्रममा अति कम तलव भत्ता दिइने । धेरै समय र मेहनत गर्नुपर्ने गुनासो आउने गर्दछन् । नर्सहरुलाई प्रशिक्षार्थीको रुपमा लामो समय निशुल्क काम लगाउँने कार्यकोपनि बिरोध भइरहेको पाइन्छ । यद्यपी यस्ता समस्या आजसम्म हल भएका छैनन् । आशा छ आगामी दिनमा यसको अन्त्य हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु