काठमाडौं । विश्वभरि कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४३ लाख ६३ हजारभन्दा बढी पुगेको छ । दुई लाख ९३ जनाभन्दा बढीको मृत्यु भएको छ । निको हुनेहरुको संख्या पनि १६ लाख १३ हजार भन्दा धेरै रहेको छ । अमेरिकामा मात्रै ८३ हजार ४०० भन्दा धेरैको ज्यान गएको छ । संक्रमितहरुको संख्या पनि अमेरिकामा १४ लाख नाघेको छ ।

अर्को तिर कोरोनाभाइरसको महामारी सुरु भएयता ब्राजीलको इतिहासमा एकै दिन सर्वाधिक सङ्ख्यामा मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८१ जनाको मृत्यु भएको हो । त्यहाँ आगामी केही हप्तामा सङ्क्रमण उत्कर्षमा पुग्ने सङ्केत देखिएको छ। त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७८ हजारभन्दा बढी रहेको छ। ब्राजीलमा १२ हजार ४०० भन्दा धेरैको ज्यान गैसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु