काठमाडौं । देशमा बढ्दै गएको कोरोना संक्रमणका बीच एक डरलाग्दो खबर बाहिर आएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पताल अधिकारीले बताएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो । पर्सा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८२ रहेको छ। तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बताइएको छ ।

यता, सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३,०४९ परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधवारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २,३५७ परीक्षण पीसीआर विधिबाट र ६९२ परीक्षण आरडीटी विधिबाट गरिएको जानकारी दिनुभयो । हालसम्म देशभर पीसीआर विधिबाट २१,३०० भन्दा बढी र आरडीटी विधिबाट लगभग ६०,४०० परीक्षण गरिएका छन् । अधिकारीहरूले बुधवार दुईवटा थप सङ्क्रमण पुष्टि भएको जनाएका छन् । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या २१९ पुगेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु