शिक्षामन्त्रालय मातहतको ‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु¥याउन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो सामग्री शिक्षक र अभिभावकले सजिलै प्रयोग गर्न सक्नेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तक पनि समावेश गरिएका छन् । यसमा नेपाली भाषालगायत १० स्थानीय भाषामा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रम पनि समाविष्ट छन् । रेडियो कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।

केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार सो एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयलाई जानकारी गराई प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यमार्पmत दौँतरी शिक्षक र अभिभावकलाई प्रयोग विधिसहित जानकारी दिइएको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता