काठमाडौ । आज एक अनौठो दृष्य देखियो । काठमाडौको बिजुली बजार पुल नजिकको घरको कम्पाउण्डमा थिए हेमराज थापा, पुन्य गौतम, मंगल थापा र अर्का एक व्यक्ति । उनीहरुले लिपुलेक हाम्रो हो मात्र भन्दै थिए । त्यही बेला प्रहरीको भ्यान पुग्यो र तत्कालै गिरफ्तारी गर्यो । उनीहरु सगरमाथा टेलिभिजन नजिक थिए । बाहिर सार्वजनिक स्थानमा नाराबाजीपनि गरेका थिएनन् । घर भित्र कम्पाउडमा थिए ।

 

कसैले लिपुलेक, कालापानी हाम्रो हो भन्यो भने मात्रपनि पक्राउ गरिहाल्न प्रहरीको भ्यान दौडिरहेको छ । हामीलाई शंका लाग्यो । प्रहरीको भ्यानले शंकास्पद रेकी गरिरहेको छ । केही पक्कै हुँदैछ । हामी प्रहरीको भ्यान पछि लाग्यौँ । नभन्दै प्रहरीले घरभित्रबाटै हेमराज थापा, पुन्य गौतम, मंगल थापा पक्राउ गर्यो । जुन दृष्य हेर्दा तपाई दर्शक आफैले छुट्याउँन सक्नुहुनेछ । यो विषयमा थप बोल्नु भन्दा यो भिडियोमा नै हेर्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/bYmfrgLrSU4

सम्बन्धित खबरहरु