काठमाडौं । कोरोना महामारीका कारण रोजागारीका लागि परदेश गएका नेपालीहरुले ठुलो संकटको सामना गर्नुपर्ने देखिएको छ । दक्षिण कोरियाबाट नेपालीसहित पाँच लाख बढीले रोजगार गुमाउने खबर आएको एक दिन पुरा भएको छ । यता लाखौं नेपालीहरु भएको खाडीमा पनि समस्या सिर्जना हुने देखिएको छ । लाखौं नेपालीहरुको रोजगारीको श्रोत मानिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने बताएको छ । जानकारी अनुसार सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरिएको ।

 

यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देश गर्नुभएको हो । यूएईका स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनु पर्दैन । यूएईको फेडेरल अथोरिटी अफ आइडेन्टिफाइ एण्ड सिटिजनसिपका प्रवक्ता ब्रिगनडिएर खामिस अल काबीले अहिले छुट पाएका मानिसहरुलाई कुनै जरिवाना नलाग्नुका साथै उनीहरुले मे १८ बाट मुलुक छाड्न पाउने पनि जानकारी गराए ।

 

यो छुट अवधि तीन महिनासम्म जारी रहनेछ । यो छुट अवधि सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका मानिसहरुको लागि हो । अहिले गरिएको निर्णयले कसैलाई पनि निश्चित शर्त पूरा गरेर आफ्नो मुलुक फर्किन रोक्ने छैन । तर, मे १८ देखि ३ महिनाभित्रै देश नछाडेपछि भने जरिवाना तिराउने तयारी गरिएको छ । सरकारले प्रवासमा रहेका नेपाली कामदारहरुको समस्यालाई तत्काल सम्बोध गर्न नसके भोलि ठुलो समस्या सिर्जना हुनसक्ने देखिएको छ । अहिले लकडाउनका कारण नेपालीहरु काम गर्दै आएका देशहरुको अर्थतन्त्र बर्बाद भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु