काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ४४ लाख ६४ हजार भन्दा धेरै मान्छेहरु संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको कुरा गर्ने हो भने आंकडा ३ लाख नजिक पुगेको छ । अर्को तिर निको भएर फर्कनेहरुको संख्या पनि बढेर १६ लाख ७८ हजार भन्दा धेरै पुगेको छ । कोभिड–१९ विरुद्धको औषधि पत्ता लागेको छैन । औषधि नहुँदा पनि मान्छेहरु कसरी निको हुँदैछन्, हो एक गम्भीर प्रश्न हो ।

 

यसको जवाफ हामीले तपााईका लागि खोजेर ल्याएका छौं । अहिले बाहिर आएको अध्यन अनुसार कोरोना संक्रमण महिलालाई भन्दा पुरुषलाई धेरै हुन्छ । यस्तै, टेस्टोस्टेरोन हर्मोनको कम स्तर भएका पुरुषहरूलाई कोरोनाबाट मृत्युको जोखिम बढी हुन्छ । जर्मनका वैज्ञानिकहरूले हालसालै गरेको अनुसन्धानमा यो दाबी गरिएको छ । जर्मनीको अस्पतालमा कोरोनाबाट पीडित ४५ बिरामीहरूको बारेमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको उद्देश्य कोरोनाको कारण मर्ने पुरुषहरुको संख्या दोब्बर छ भनेर पत्ता लगाउनु थियो ।

 

अन्वेषकहरूका अनुसार आईसीयूमा भर्ना कोरोना पीडितहरूको परीक्षण गरियो र टेस्टोस्टेरोन हर्मोनको मात्रा कम रहेको पाइयो । ४५ कोरोना बिरामीहरू मध्ये ३५ जना पुरुष र १० महिला थिए । जसमध्ये ७ बिरामीहरूलाई अक्सिजनको उच्च आवश्यकता थियो भने ३३ बिरामीहरूलाई भेन्टिलेटर चाहिएको थियो । यिनीहरूमध्ये ९ जना पुरुष र ३ महिलाको मृत्यु भयो ।

 

यी बिरामीहरूलाई अस्पताल भर्नाको पहिलो दिनमा जाँच गरियो । टेस्टोस्टेरोन र डायहाइड्रोक्सीटेस्टेरोन सहित १२ प्रकारका हर्मोनहरू पत्ता लगाउन परीक्षणहरू गरियो । अन्वेषकहरूका अनुसार ६८ प्रतिशत बिरामीहरूको टेस्टोस्टेरोनको स्तर कम थियो । यो हर्मोनले कोरोना भाइरस संक्रमण संग लड्न प्रतिरक्षा प्रणालीको काम गर्दछ ।

 

अन्वेषकहरू भन्छन कि टेस्टोस्टेरोनले मानव उपचारमा महत्वपूर्ण भूमिका खेल्छ । तर कहिलेकाँही यसको कारण प्रतिरक्षा प्रणाली भाइरस वा ब्याक्टेरियालाई यति छिटो मार्न खोज्छ कि यो नियन्त्रणबाट बाहिर जान सक्दछ । यो अवस्थालाई साइटोकाईन आँधी भनिन्छ । यसले फोक्सोको क्षति र श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ । जानकारी अनुसार पुरुषहरुको तुलनामा महिलाहरुमा टेस्टोस्टेरोन हर्मोन धेरै हुन्छ ।

 

अर्को सत्य के हो भने, पुरुषलाई कोभिड–१९ को संक्रमण बढी हुनुमा धूमपान, मद्यपान, तमाखु सेवन र स्वतन्त्र जीवनशैली प्रमुख कारण रहेको मान्छन् । यस अलावा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, ‘एसीई–२’ नामक प्रोटिनको मात्रासमेत बढी हुँदा पुरुषमा सजिलै संक्रमण फैलनमा मद्दत पुग्ने उनको भनाइ छ ।

 

मानव शरीरको प्रत्येक कोषमा २३ जोडी क्रोमोजोम हुन्छ । पुरुष र महिलामा हुने २२ जोडी क्रोमोजोम एउटै हुने भए पनि बाँकी एक जोडी भने फरक–फरक हुन्छ । पुरुषको तुलनामा महिला आन्तरिक रूपमा बलियो हुने अध्ययनले देखाएको छ । ‘एक्स’ क्रोमोजोममा शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित धेरैजसो जिन समाहित हुन्छ । यसैले एउटाको सट्टा दुईवटा ‘एक्स’ क्रोमोजोम भएको व्यक्तिमा प्रतिरोध क्षमता अधिक हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु