काठमाडौं । चीनको वुहानबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले अहिले आधा विश्व बन्द भएको छ । यो बीचमा चीनबाट नै अर्को एक डरलाग्दो खबर आएको छ । दक्षिण चीनको हुनान प्रान्तमा नक्कली दुध प्रकरण अनुसन्धान भइरहेको छ । नक्कली दूध पिउँदा यहाँ बच्चाहरूमा धेरै गम्भीर स्वास्थ्य समस्याहरू देखिएको बताइएको छ ।

चीनको मोर्निंग पोस्ट अखबारका अनुसार चेन्झौको योङक्सिङ काउन्टीका अधिकारीहरूले बेइ एन मिन नामक प्रोटीन पेय पदार्थको छानबिन गरिरहेका छन् । जुन ‘दूध बच्चा वर्कशप’ स्टोरमा बिक्री गरिएको थियो त्यसलाई कथित फार्मूला दुध भनेर बेचिएको थियो । पाँच जना आमाले आफ्ना बच्चाहरूलाई एक्जिमा भएको गुनासो गरेकी छिन् । छाला रातो हुने अनी चिलाउने हुन्छ ।

 

उनले भने, ‘दुध पिए पछि अचानक बच्चाहरूको तौल घट्यो र टाउको ठुलो भयो ।’ यस बाहेक, यो रिपोर्टहरुमा भनिएको छ कि बच्चाहरुलाई धेरै चिलाउने समस्या भएको छ । हुनान टिभीका अनुसार अभिभावकहरू आफ्ना शिशुहरूका लागि एमिनो एसिड मिल्क पाउडर किन्न स्टोर गएका थिए, जसलाई सामान्य फार्मूला दूधले एलर्जी थियो । पसलमा काम गर्ने कर्मचारीहरूले बेइ एन मिनलाई सिफारिस गरे, कि यो स्टोरमा सब भन्दा राम्रो फार्मूला दूध हो र एलर्जीबाट पीडित धेरै शिशुहरूलाई दिइन्छ । एउटी आमाले समाचार अनुप्रयोग टुतियाओमा लेख्छिन्, ‘६ महिना बितिसक्यो, म देख्छु कि मेरो बच्चाको विकास रोकिरहेको छ, जबकि अब ऊ १८ महिनाको हुने छ ।’

 

उनले थप भनिन, ‘अब मलाई लाग्छ कि केही गलत छ, मेरो बच्चाले नक्कली दूध पिएको छ । म अब भविष्यमा उसको स्वास्थ्य समस्याहरुमा चिन्तित छु ।’ चीनमा यस्तो धेरै घोटाला भए पछि आमा बुबा धेरै जसो विदेशी बच्चाको पाउडर दूधको ब्रान्डमा निर्भर रहने गर्छन । सन् २००८ मा पनि चीनमा त्यस्तै घोटाला भएको थियो ।

 

त्यस बेला नक्कली दुध सेवनको कारण छ जना बालबालिकाको मृत्यु भएको थियो र हजारौं बच्चाहरू बिरामी परेका थिए । यसको अनुसन्धानको क्रममा पत्ता लाग्यो कि यस दूधमा मेलामाइन थपिएको थियो । मेलामाइन प्लास्टिक बनाउनको लागि प्रयोग गरिने एक विषाक्त रसायन हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु