काठमाडौ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यपाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोवोट’ शुक्रबार एक कार्यक्रमवीच हस्तान्तरण गरिएको छ । रोवोट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौंलाई हस्तान्तरण गरिएको हो । अस्पतालहरुमा नर्सहरुलाई विरामीहरुलाई औषधि, पानी, खाना, सामानलगायतका सामानहरु आफै दिन जान नपर्ने गरी मेशिनले दिन जाने स्वचालित रोवोट हस्तान्तरण गरिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको रोवोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिनेछ । हस्तान्तरणसँंगै रोवोटको प्रयोय गर्ने नर्सहरुलाई रोवोट सञ्चालन सम्वन्धि अस्पतालमै अभ्यास गराएको थियो । पाँंच छ जना नर्सहरुले रोवोट सञ्चालन गर्न सिकेका थिए । रोवोट चलाउन जानेपछि रोवोट हस्तान्तरण गरी अस्पतालमा छोडिएको थियो । यही क्रममा रोवोटलाई अस्पतालको आइसोलेशन वार्डवार्डमा लगेर सञ्चालन अभ्याससमेत गरिएको थियो ।

 

कार्यक्रमपछि कलेज र अस्पतालवीच सम्झौतासमेत गरिएको थियो । सम्झौतामा कलेजकोतर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र अस्पतालकोतर्फबाट अस्पताल प्रशाशन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडा सम्पर्क व्यक्ति रहेको र रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो ।

अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो । कलेजका चारजना सहायक प्राध्यापकहरू रुपेशदही श्रेष्ठ, दिनेश डंगोल,सचिन श्रेष्ठ र अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरू उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोवोटको विकास गर्न सफल भएका हुन् ।

 

परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु रोवोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ । ट्रली बाहेकको निर्माण सामग्रि करिव २५ हजारको सस्तो दररेटमा यसको निर्माण सम्भब भएको जनाइएको छ । रोवोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामीविरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पु¥याउन लगाउने छ ।

कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोवोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरूले रोवोट बनाएको प्रा.डा. श्रेष्ठले जनाए । भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरूबाट माग भएमा प्राविधिक सहयोग गर्न कलेज तयार रहेको प्रा.डा. श्रेष्ठले स्पष्ट पारे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु