काठमाडौ । नेपाली लोक संगीतमा २ दशक पार गरिसकेका गायक संगीतकार अभय ढुंगेल यतिबेला अमेरिका बसाईंमा छन् । बिशेषगरि टिपिकल पुर्बेलीभाकाहरुलाई टपक्क टिपेर सदाबहार गीत बनाउन सक्षम अभयले केहि बर्षको अन्तरालमा अर्को दमदार टिपिकल भाका लिएर आएका हुन् । यो गीत डान्सिङ नम्बर वान बन्ने संकेत छ । ‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ आकाशैमा जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’मार्फत गाउँघर सम्झेका हुन् ।

 

ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा तयार भएको यस गीतमा ढुंगेलको साथमा राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् । मनोरञ्जन नेपालको यूटुव च्यानलबाट विश्व बजारमा पठाईएको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ । भिडियो निर्देशन शिशिर श्रेष्ठ गरेका छन् । गायक तथा लोक संकलक अभय ढुंगेल चर्चित लोक गायक नबिन ढुंगेलका सुपुत्र हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु