काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसको असर नेपालमा पनि गम्भीर भएको छ । नेपालमा अहिले २७८ जना संक्रमणको सिकार भएका छन् । कोभिड–१९ बाट नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । शनिबार बिहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु