काठमाडौं । डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्र्याक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सारबाट पुर्कोटतर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त ५५०२ नंको ट्र्याक्टरमा सवार परियारको ट्र्याक्टरबाट लडेर घाइते भई लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु