काठमाडौ । चर्चित बलिउड अभिनेता शाहरुख खानले ट्वीट गरेर सबैलाई जानकारी गराए कि उनका एक विशेष, नजिकका मित्रको मृत्यु भएको छ । शाहरुखको रेड चिली एन्टरटेन्मेन्ट आफैमा एक ठूलो परिवार हो । त्यस संस्थामा कलाकारहरूले धेरै मानिसहरूसँग मिलेर काम गर्दछन् । जानकारी अनुसार रेड चिलीका साथीको मृत्यु भएको छ । शाहरुख यस खबरले धेरै दुखी छन्।

शाहरुख खानले ट्वीट गरेर उनका साथी अभिजीतको मृत्यु भएको जानकारी दिएका छन् । खानले अभिजीतले यो संसारलाई अलविदा गरे भन्दै लेखेका छन् । खानको ट्वीटमा भनिएको छ,‘ हामी सबैले मिलेर ड्रीम्स अनलिमिटेडका साथ फिल्महरू बनाउन शुरू गर्यौं । अभिजीत टोलीको एक कडा र महत्वपूर्ण हिस्सा थिए । हामीले केहि ठीक गरेका थियौं, केहि गलत भयो तर सधैं विश्वास गर्थ्यौं कि हामी यो कठिन अवस्थाबाट बाहिर निस्कने छौं किनकि टोलीमा अभिजीत जस्ता व्यक्तिहरू थिए जसले सबै कुराको प्रबन्ध गर्थे । मिस यु साथी ।’

रेड चिलीज एन्टरटेन्मेन्टले यो जानकारी यसको ट्विटर ह्यान्डलमा पनि दिएको छ । त्यहाँ एक ट्वीट गरिएको छ, ‘रेड चिलीज एन्टरटेन्मेन्ट परिवारको सदस्यको मृत्युले हामीलाई ठुलो धक्का लागेको छ । उसको उपस्थिति अब धेरै याद आउँनेछ । उसको आत्माले शान्ति पाओस् । परिवारप्रति हाम्रो संवेदना ।’ रेड चिलीज एन्टरटेन्मेन्ट अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको आफ्नै निर्माता कम्पनी हो । अर्को दुःखद कुरा के भने आमिर खानका सहयोगीको पनि केही दिन अघि मृत्यु भयो ।

अभिनेता आफैले उनको अन्त्येष्टिमा भाग लिए । आमिरको सबैभन्दा पुरानो सहयोगी उनीसँग लामो समयसम्म काम गरे । पछिल्लो महिना, बलिउडले पनि आफ्नो दुई अभिनेता इरफान खान र ऋषि कपूरलाई गुमायो । त्यो भन्दा पहिले सलमान खानका नजिकका आफन्तले पनि ज्यान गुमाएका थिए । सलमान खानका भतिज अब्दुल्ला खानको निधन भएको थियो । उनीहरु सबै कुनै न कुनै दिर्घ रोगका कारण यो संसारबाट विदा भएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु