काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट हिजो बिहान सवारी साधन पास लिएर काठमाडौ फिर्ता भएका छन् । उनी साँझ काठमाडौ आइपुगेका छन् । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नु अघिदेखि उनी झापा पुगेका थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाह समेत ५ जनाको सवारी पास जारी गरेपछि उनीहरु आएका हुन् ।

 

सवारी पासका लागि पूर्वराजा शाहकातर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका विहीवार झापा जिल्ला प्रशासन कार्यालयमा इमेलमार्फत निवेदन पठाएका थिए । अन्तर्जिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु