काठमाडौं । पछिल्लो समय विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसले अहिले ३ लाख १३ हजार भन्दा धेरैको ज्यान लिएको छ । यसबाट संक्रमित हुनेहरुको संख्या पनि ४७ लाख ३४ हजार भन्दा धेरै रहेको छ । यो बीचमा इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभनजिकैको आफ्नै निवासमा मृत फेला परेको इजरायली सञ्चारमाध्यमले जानकारी दिएका छन् । ५८ वर्षीय डु आफ्नै खाटमा मृत भेटिएको बताइए पनि उनको मृत्युको कारणबारे खुलाइएको छैन ।

उनी गत फेब्रुअरीमात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । इजरायल जानुअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए । इजरायली सञ्‍चारमाध्यमहरुका अनुसार राजदूत वेईको शरीरमा कुनै चोटपटक लागेको छैन । इजरायली स्वास्थ्य अधिकारीहरुले राजदूत वेईको मृत्यु हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । वेईको श्रीमती र एक छोरा रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु