काठमाडौं । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिनुभयो ।

कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्यया रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्ययाको आवश्यकता देखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताउनुभयो । सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् ।

सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् । अस्पतालको आइसोलेसन श्यया भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ ।

सम्बन्धित खबरहरु