पोखरा । कोरोना भाइरस (कोभिड–१९) ले मुलुक आक्रान्त बनेका बेला मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडक खण्डबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले जानकारी दिए । ‘एम्बुलेन्सको केही अवशेष भेटिएको छ । बेपत्ता चालकको खोजिकार्य जारी छ,’ कुँवरले जानकारी दिए । उनको ‘नेपाल प्रहरी, सेना र शसत्रको टोली खोजी कार्यमा लागिरहेको छ ।’ एम्बुलेन्समा चालकमात्र रहेको कुँवरले जानकारी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु