काठमाडौँ । आइतबार बिहान बाँके जिल्लाको नरैनापुर ६ स्थित जयकिसन माविको क्वारेन्टाइनमा राखिएका २५ वर्षीय युवक कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टिसँगै नरैनापुरलाई चारैतिरबाट प्रहरीले घेरा हालेको छ । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर पूर्ण रुपमा बन्द गराएको छ । सदरमुकामदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

 

उनका अनुसार कोरोना संक्रमितको श''व व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर श''वको अन्त्येष्टि गर्ने उल्लेख छ । ती युवकलाई भारतको मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सीधै क्वारेन्टिनमा राखिएको थियो ।

 

नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दै आएका वडा नं ५ निवासी युवकले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेका थिए । अचानक बिहानै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

 

श्रेष्ठका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाहरूको पिसिआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टिनका थिए । संक्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २ सय ६३ को स्वाब संकलन गरिएको थियो । संकलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो ।

 

भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताए । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर श''व क्वारिन्टनमै राखिएको थियो ।

 

क्वारेन्टिनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन् । उक्त क्वारेन्टिनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो । तीमध्ये २५ जनाको बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु