लाखौलाई ठगेको युनिटी लाइफका प्रमुख सञ्चालक विष्णु क्षेत्रीको मृत्यु


काठमाडौ । लाखौ नेपालीलाई ठगेको युनिटी लाइफ इन्टरनेशनलका प्रमुख सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको जानकारी आएको छ । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको थियो । उनले भने, ‘मेडिसिटी उपचार गराइरहेका थिए, समस्या झन् झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई यहाँ ल्याइएको थियो । तर आइतबार उनको निधन भयो ।’

 

अस्पताल स्रोतका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो । अस्पताल ल्याउँदा नै क्षेत्री होसमा थिएनन् । अत्याधिक म दिरा से वनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको अस्पताल स्रोतले बतायो । पछिल्लो समय उनलाई जण्डिस भएको थियो । तर त्यही समयमा पनि उनले म दिरा से वन गरेका कारण उनको कलेजो, मिर्गौला र मुटुमा समस्या देखिएको थियो । यी तीनै अङ्गले काम गर्न छाडेपछि आइतबार बिहान उनको मृत्यु भएको हो ।

 

बहुचर्चित युनिटी घोटाला का ण्डको मुख्य अभियुक्त मानिएका विष्णु केही समय जेल समेत बसेका थिए । पिरामिड आकारको सञ्जाल बनाई रकम उठाएको र ३ लाख ४० हजार सदस्यबाट ३ अर्ब भन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेको भन्दै जिल्ला अदालत ललितपुरले क्षेत्री सहित १२ जनालाई जेल सजाय सुनाएको थियो । लामो समय भारतमा लुकेर बसेका विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई २०७२ सालको साउनमा महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै जेल चलान भएका क्षेत्री लगायतले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

 

उच्च अदालत पाटनले सञ्चालक विष्णु सहित १२ जनालाई २७ कात्तिक २०७४ मा ठगी मुद्दाबाट सफाई दिएको थियो । यद्यपि राजश्व छलीमा कति रकम छली भएको हो एकिन गरेर भराउन तथा बिना इजाजत आर्थिक कारोबार गरेको मुद्दामा भने ७ जना सञ्चालकलाई ६ महिना कैद र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उच्च अदालतबाट फैसला आउँदा ६ महिना कैद भुक्तान गरिसकेका कारण क्षेत्री त्यसलगत्तै रिहा भएका थिए ।

 

जेलबाट छुटेपछि क्षेत्रीले अत्याधिक म दिरा से वन गर्न थालेको उनी निकट एक व्यक्तिले बताए । उनले भने, ‘क्षेत्रीलाई सामाजिक, आर्थिक र पारिवारिक तनाब थियो । त्यही कारण उनी अत्याधिक म दिरा पि उने गर्दथे । म दिराकै कारण उनको मल्टीअर्गान फेलिएर भएर मृत्यु भयो ।’ उनको मृत्युले साढे ३ लाख सदस्यहरुलाई चिन्ता थपिएको छ । उनीहरुले बनाएका सदस्यको रकम कसरी फिर्ता गर्ने अझै अनुत्तरीत छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता