काठमाडौ । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । उनी टप ७ बाट आउट हुने २ जनामापनि सुरक्षित भएका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

को हुन् दिवेश पोखरेल [आर्थर गन] ?

अमेरिकाको आइतबार राति हुने अमेरिकन आइडलको फाइनलमा पुगेका ‘आर्थर गन’ उर्फ दिवेश पोखरेल नेपाली हुन् । उनी सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । अनि, अमेरिकीन आइडलका अन्तिम ७ प्रतिस्पर्धीमध्ये एक आर्थर गनले उपाधि जित्नसक्ने अड्कल धेरै अनलाइन सर्वेक्षणहरुले गरिरहेका छन् । अमेरिकी समयअनुसार साँझ ७ बजे एबिसी, च्यानल १० मा यो शो सुरु हुनेछ ।

आर्थर अबेर रातिसम्म आफ्ना गीतहरुको तयारी गर्छन् । ‘आइतबारलाई लिएर धेरै नर्भस छु,’ आफ्नो परिवार बस्ने कान्सासको पूर्वी विचिटास्थित घरबाट उनले भने । कोराना भाइरसका कारण देशव्यापी सटडाउन भएको अवस्थामा यहीबाट उनले विगत केही सातादेखि प्रस्तुती दिइरहेका छन् । ‘यो ठूलो दिन हो । यो निकै स्मरणीय छ,’ उनले भने ।

आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् । र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । विजेताको टुंगो दुई घण्टा लामो लाइभ रियल टाइम भोटिङबाट लाग्नेछ । दर्शकमाझ लोकप्रिय डिल्लन जेम्स र १९ वर्षीय क्यालिफोर्नियाका फ्रान्सिस्को मार्टिनसहित अन्य ६ प्रतिस्पर्धीविरुद्ध आर्थर छन् । तर धेरै अनलाईन सर्वेक्षणले आर्थर उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै ताज जित्ने अड्कल लगाएका छन् ।

आफ्नो पृथक स्वरका कारण उनले दर्शक र निर्णायकलाई प्रभावित गरेका छन् । क्रिडेन्स क्लियरवाटर रिभाइभल, विनोनी हेयर्स र जोन डेन्भरजस्ता कलाकारको गीतमा उनले सिजर्नात्मक प्रस्तुति दिएका छन् । उनको विनम्रता र मुस्कानले टेलिभिजनमा धेरैलाई आकर्षित गरेको छ । त्यसैले उनले राम्रो मत निकाल्ने अनुमान गरिएको छ । सेलिब्रेटी निर्णायक केटी पेरी, लियोनल रिची र लुक बार्यनले पुरै सिजनभर उनको प्रशंशा गरेका छन् । उनीहरुले यी कलाकारमा ठूलो स्टार र व्यवसाहिक संगीतकार बन्ने संभावना रहेको बताएका छन् ।

गोल्ड डर्बीको सर्वेक्षणमा आर्थर अघि

यस रियालिटी शोको फाइनलको पूर्वसन्ध्यामा गोल्ड डर्बीले गरेको अनलाईन सर्वेक्षणअनुसार आर्थर गन सबैभन्दा अगाडि छन् । उनको पक्षमा ३१ प्रतिशत समर्थक देखिएका छन् भने जस्ट सामका पक्षमा २१ प्रतिशत देखिएका छन् । सर्वेक्षणअनुसार अन्य प्रतिस्पर्धी जोनी वेस्टको पक्षमा १४ प्रतिशत, डिल्लोन जेम्सको पक्षमा १२ प्रतिशत, फ्रासिस्को मार्टिनको पक्षमा ११ प्रतिशत, जुलिया गार्गानोका पक्षमा ७ र लुईस नाइटका पक्षमा ४ प्रतिशत समर्थक देखिएका छन् ।

काठमाडौंदेखिको यात्रा

गनको अमेरिकन आइडल यात्रा सेप्टेम्बरमा सुरु भयो । बाल्यकालदेखि नै संगीत आर्थरको जीवनको पाटो थियो । सानैमा आमाले उनलाई गिटार किनिदिएकी थिइन् । तर, ६ वर्षअघि विचिटा आउनुअघि उनले संगीतलाई सोखका रुपमा मात्रै लिएका थिए । १९ औं शताब्दीका फ्रेन्च कवि आर्थर रिमबाडउबाट प्रभावित भएर उनले आफ्नो स्टेज नाम ‘आर्थर गन’ राखेका हुन् ।

२२ वर्षीय गनको वास्तविक नाम दिवेश पोखरेल हो र उनी काठमाडौंमा जन्मिएका हुन् । उनले अमेरिकन आइडल सानैदेखि अनलाईनमा हेर्ने गरेका थिए । काठमाडौंबाट उच्च शिक्षा सकेपछि उनी आफ्नो पढाई पूरा गर्न दिदीहरुसँगै बस्न अमेरिकाको विचिटा आइपुगे, केही समयपछि बाबु–आमा पनि अमेरिका आए । अमेरिकन आइडलमा गएर चर्चा बटुल्नअघि नै उनले २०१८ मा नेपाली गीतको एल्बम ‘ग्रहण’ सार्वजनिक गरिसकेका थिए ।

यसरी गर्न सकिन्छ दिवेश पोखरेललाई भोट -
१. अमेरिकामा रहेका टेलिफोन नम्बरबाट १६ टाइप गरी २१५२३ मा १० पटक टेक्स्ड मेसेज गर्ने
२. अमेरिकन आइडलको एप्स डाउन लोड गरी आर्थर गनलाई १० पटक भोट गर्ने
३. https://idolvote.abc.com/ मा गई इमेलमार्फत् दर्ता गरी आर्थर गनलाई १० पटक भोट गर्ने

अमेरिकी पूर्वी समयअनुसार सोमबार विहान ९ बजेसम्म भोट गर्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु