बहुचर्चित युनिटी लाइफका प्रमुख सञ्चालक विष्णु क्षेत्रीको ४६ बर्षमै कसरी भयो मृत्यु


काठमाडौ । युनिटी लाइफ इन्टरनेशनलको घोटला प्रकरण नेपालकै एक सर्वाधिक चर्चित घटनाको रुपमा लिइन्छ । साढे ३ लाख नागरिक त्योपनि प्रतिव्यक्ति झण्डै १० हजारका दरले ठगिएका कारण यो चर्चामा छ । यसैका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोक बहादुर टण्डनले पुष्टि गरेका छन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको अध्यक्ष टण्डनले बताए । उनले भने, ‘मेडिसिटी उपचार गराइरहेका थिए, समस्या झन् झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई यहाँ ल्याइएको थियो । तर आइतबार बिहान ९ बजे उहाँको निधन भयो ।’

मल्टी अर्गान फेलिएरबाट मृत्यु
टण्डनका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो । अस्पताल ल्याउँदा नै क्षेत्री होसमा नभएको टण्डनले बताए । अत्याधिक म दिरा से वनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको टण्डनले बताए । पछिल्लो समय उनलाई जण्डिस भएको थियो । तर त्यही समयमा पनि उनले म दिरा से वन गरेको कारण उनको कलेजो, मिर्गौला र मुटुमा समस्या देखिएको थियो । यी तीनै अङ्गले काम गर्न छाडेपछि आइतबार बिहान उनको मृत्यु भएको हो ।

 

बहुचर्चित युनिटी घो टाला का ण्डको मुख्य अभियुक्त मानिएका विष्णु केही समय जेल समेत बसेका थिए । पिरामिड आकारको सञ्जाल बनाई रकम उठाएको र ३ लाख ४० हजार सदस्यबाट ३ अर्ब भन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेको भन्दै जिल्ला अदालत ललितपुरले क्षेत्री सहित १२ जनालाई जेल सजाय सुनाएको थियो । लामो समय भारतमा लुकेर बसेका विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई २०७२ सालको साउनमा महानगरीय अ पराध माहाशाखाको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै जेल चलान भएका क्षेत्री लगायतले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

 

उच्च अदालत पाटनले सञ्चालक विष्णु सहित १२ जनालाई २७ कात्तिक २०७४ मा ठगी मुद्दाबाट सफाई दिएको थियो । यद्यपि राजश्व छलीमा कति रकम छली भएको हो एकिन गरेर भराउन तथा बिना इजाजत आर्थिक कारोबार गरेको मुद्दामा भने ७ जना सञ्चालकलाई ६ महिना कैद र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उच्च अदालतबाट फैसला आउँदा ६ महिना कैद भुक्तान गरिसकेको कारण क्षेत्री त्यसलगत्तै रिहा भएका थिए ।

 

जेलबाट छुटेपछि क्षेत्रीले अत्याधिक म दिरा से वन गर्न थालेको उनी निकट एक व्यक्तिले बताए । उनले भने, ‘क्षेत्रीलाई सामाजिक, आर्थिक र पारिवारिक तनाब थियो । त्यही कारण उनी अत्याधिक म दिरा पि उने गर्दथे । म दिराकै कारण उनको मल्टीअर्गान फेलिएर भएर मृत्यु भयो ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता