काठमाडौ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । अन्तिम २ मा पुग्नु नै यो इतिहासकै ठूलो उपलब्धि हो । उनी उपाधि जित्न चुकेपनि चुनौति पन्छाउँदै उपविजेता बने । जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् ।

दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । उनको प्रस्तुती भइरहेका बेला संसारभरी नेपाल शब्द गुञ्जिएको थियो । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

को हुन् दिवेश पोखरेल [आर्थर गन] ?

अमेरिकन आइडलको उपविजेता‘आर्थर गन’ उर्फ दिवेश पोखरेल नेपाली हुन् । आफ्नो पृथक स्वरका कारण उनले दर्शक र निर्णायकलाई प्रभावित गरेका छन् । क्रिडेन्स क्लियरवाटर रिभाइभल, विनोनी हेयर्स र जोन डेन्भरजस्ता कलाकारको गीतमा उनले सिजर्नात्मक प्रस्तुति दिएका छन् । उनको विनम्रता र मुस्कानले टेलिभिजनमा धेरैलाई आकर्षित गरेको छ । ‘आर्थर गन’ उर्फ दिवेश पोखरेलको अमेरिकन आइडल यात्रा सेप्टेम्बरमा सुरु भयो । बाल्यकालदेखि नै संगीत आर्थरको जीवनको पाटो थियो । सानैमा आमाले उनलाई गिटार किनिदिएकी थिइन् । तर, ६ वर्षअघि विचिटा आउनुअघि उनले संगीतलाई सोखका रुपमा मात्रै लिएका थिए । १९ औं शताब्दीका फ्रेन्च कवि आर्थर रिमबाडउबाट प्रभावित भएर उनले आफ्नो स्टेज नाम ‘आर्थर गन’ राखेका हुन् ।

 

२२ वर्षीय गनको वास्तविक नाम दिवेश पोखरेल हो र उनी काठमाडौंमा जन्मिएका हुन् । उनले अमेरिकन आइडल सानैदेखि अनलाईनमा हेर्ने गरेका थिए । काठमाडौंबाट उच्च शिक्षा सकेपछि उनी आफ्नो पढाई पूरा गर्न दिदीहरुसँगै बस्न अमेरिकाको विचिटा आइपुगे, केही समयपछि बाबु–आमा पनि अमेरिका आए । अमेरिकन आइडलमा गएर चर्चा बटुल्नअघि नै उनले २०१८ मा नेपाली गीतको एल्बम ‘ग्रहण’ सार्वजनिक गरिसकेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/KcCRzOaAzxk

सम्बन्धित खबरहरु