पौष १८, काठमाडौ । संविधान निर्माणका लागि जनदबाब सिर्जना गर्न र पार्टी पंक्तिलाई पार्टीको निर्णयबारे प्रशिक्षित गर्न नेकपा एमालेले शुक्रवार देशैभरि कार्यकर्ता भेला आयोजना गरेको छ ।

CPN_UML_officeमाघ ८ मा संविधान निर्माण गर्न जनदबाब सिर्जना गर्नका लागि जनसभाहरु पनि आयोजना भइरहेको पाल्पाबाट केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

देशका प्रमुख १५ शहर लगायत ७५ औं जिल्लामा जनसभा र अगुवा कार्यकर्ता भला आयोजना भइरहेका छन् । भेला तथा जनसभामा सहभागी हुन शीर्ष नेता सहित केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा पुगेका छन् ।

निर्माणका लागि अनुकूल वातावरण्ँ निर्माण्ँ गर्न तथा संविधानका अन्तर्वस्तुमा पार्टी दृष्टिकोणबारे कार्यकर्तालाई प्रष्ट पार्न भेला आयोजना गरिएको रामेछाप पुगेका अर्का केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले जनकपूरमा जाने कार्यक्रम रद्द गरेर भानुभक्त ढकाललाई पठाएका छन् । शीर्ष बैठकमा सहभागी हुनु परेकाले ओलीको कार्यक्रम रद्द भएको स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

त्यस्तै विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगन्जमा माधवकुमार नेपाल, नेपालगन्जमा वामदेव गौतम, पोखरामा उपाध्यक्ष विद्या भण्डारी, धनगढीमा उपाध्यक्ष युवराज ज्ञवाली, भीमदत्तनगरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

त्यस्तै बुटवलमा उपाध्यक्ष भीमबहादुर रावल, लहानमा महासचिव पोखरेल, चितवनमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सुर्खेतमा, उपमहासचिव घनश्याम भुसाल, हेटौँडामा सचिव प्रदीपकुमार ज्ञवाली, धनकुटामा सचिव पृथ्वीसुब्बा गुरूङ, बाग्लुङमा सचिव गोकर्णराज विष्ट र डोटीमा सचिव योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु