नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ । सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन गर्न अनुमति दिइने भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो । अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उहाँले बताउनुभयो ।

 

 

निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गर्नुपर्नेछ, उहाँले भन्नुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रीय राजधानी दिल्लीमा उपलब्ध मजदुरहरुलाई मात्रै परिचालन गरेर निर्माण कार्यहरु अगाडी बढाउन पनि सकिने जानकारी दिनुभयो ।

 

नियन्त्रित क्षेत्रमा भने यस्ता कुनै पनि गतिविधि गर्न प्रतिवन्ध लगाइएको पनि मुख्यमन्त्री केजरीवालले बताउनुभयो । केन्द्रीय गृह मन्त्रालयले आ आफ्नो क्षेत्रलाई ग्रिन, ओरेन्ज र रेड जोन घोषणा गरेर त्यही अनुसारको लकडाउनलाई कार्यान्वयन गर्न प्रदेश सरकारहरुलाई अधिकार दिएको छ । भारतमा अहिले लागु भएको चौथो चरणको देशव्यापी लकडाउनलाई खुकुलो बनाउने केन्द्रीय निर्णय अनुसार कतिपय ठाउँमा अवस्था हेरेर लकडाउनको स्वरुपमा परिवर्तन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु