काठमाडौ । पूर्वी पहाडी जिल्ला खोटाङमापनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । त्यहाँ पहिलोपटक एक युवकमा कोरोना संक्रमण देखिएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ निवासी २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको मेयर इवन राईले बताए। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको तयारी छ।

युवक गत वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेका थिए। नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई उद्दार गर्दा सोही टोलीमा उनी पनि खोटाङ पुगेका थिए। मेयर राईका अनुसार उनी काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्थे। उनीबारे थप विवरण लिने काम भइरहेको छ।

 

काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेका थिए। उनको पिसिआर परीक्षणका लागि जेठ २ गते स्वाब धरान पठाइएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५९ पुगेको छ। सोमबारै बाँकेका ४७ जनामा संक्रमण देखिएको हो। अहिलेसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु