काठमाडौ । सोमबार मन्त्रिपरिषदको ऐतिहासिक निर्णयपछि नेपालको भूगोल बढेको छ । नेपाल सरकारले पहिलो पटक नेपालको नक्सालाई पूर्णता दिएसँगै भूगोलपनि बढेको हो । भारतले अतिक्रमण गरेको भूमिलाई पनि नेपालको नक्सामा समेटेर नयाँ नक्सा लागू भएको छ । लिम्पियाधुरादेखि लिपुलेकको अतिक्रमित जग्गा नेपालले अब आफ्नो नक्सामा समावेश गर्नेछ ।

 

योसँगै नेपालको संविधान, निशाना छापमा भएको तस्वीर र हामीले प्रयोग गर्दै आएका सबै नेपालका नक्साहरुमा परिवर्तन आउने भएको छ । नेपालको नक्सामा परिवर्तन आउनु भनेको हाम्रो क्षेत्रफलमा पनि परिवर्तन आउनु हो ।

 

यसअघि हामीले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भनेर पढ्दै आएका थियौँ । अब यसअघि नसमेटिएको भूमि पनि समावेश भएपछि नेपालको नयाँ क्षेत्रफल पनि कायम भएको छ । अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्गकिमी हुनेछ । यो जानकारी सबैमा सेयर गरौँ । नेपाली हुनुमा गर्व गरौँ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु