काठमाडौं । पहिलोपटक काठमाडौंका प्रहरीमा कोरोना संक्रमण देखिएसँगै तनाब उत्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको हो । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको जानकारी दिइएको छ ।

[caption id="" align="aligncenter" width="1536"] File Photo[/caption]

कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । सबैमा गरेर २ सय बढी कर्मचारी कार्यरत रहेका छन् । अब सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ । टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु