घरमा हेरिदिने कोही नभएपछि ७ महिने स्वस्थ शिशुसँगै लिएर आइसोलेसन आइन् संक्रमित आमा


नेपालगञ्ज । विश्वभरी संक्रमितबाट दुरी कायम गर्न आइसोलेसनमा राख्ने गरिन्छ । शक्ति राष्ट्र बेलायतका प्रधानमन्त्री समेत अस्पतालको आइसोलेसनमा बसे । तर बाँकेको नरैनापुरकी एक संक्रमित महिलाको सात महिने छोरा हेरिदिने कोही भएन । शिशु जिम्मा लिने कोही नभएपछि संक्रमित आमाले आफैसँग लिएर आइसोलेसनमा आएकी छिन् । रोक्न वा जिम्मा लिन सरकार निकायलेपनि सकेन । घरमा हेरचाह गर्ने मानिस नभएको भन्दै संक्रमण नै नभएको शिशु संक्रमित आमासँगै बस्दै आएका छन् ।

 

त्यहाँ ५९ जना कोरोना संक्रमितले आइसोलेसनमा जान इन्कार गरेका थिए । रिपोर्ट आएको ३६ घण्टापछि मंगलबार राति नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा बनाइएको आइसोलेसनमा उनीहरु ल्याइएको छ । उक्त शिशुसँगै आएकी महिला त्यही समुहकी संक्रमित हुन् ।

 

उनीहरुलाई नेपाली सेना र एक गैरसरकारी संस्थाको एम्बुलेन्सले मंगलबार राति अबेर नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा ल्याइएको हो । तर ५९ जना संक्रमित र एकजना सात महिने शिशुसहित ६० जनालाई मात्र २५ वटा बेडमा राखिएको त्यहाँका संक्रमितले टेलिफोनमा बताएका छन् । बेड नभएका कारण कतिपय संक्रमित भुइँमै सुते भने कतिपय बरण्डामा सुतेका छन् । डेन्टल अस्पतालको दुई वटा हलमा बाँकी बेड बुधबारसम्म बनाइसकिने स्वास्थ्य कार्यालय बाँंकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

 

स्रोतका अनुसार उक्त डेन्टल हस्पिटलमा खटाइएका स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीईको व्यवस्था समेत छैन । आइसोलेसनमा राखिएकामध्ये ६–७ जनामा ज्वरो र चक्कर लाग्ने जस्ता समस्या देखिएको र बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नरैनापुरकै एक पुरुषको क्वारेन्टाइनमै रहेका बेला समयमै उपचार नपाएर ज्यान गएको थियो । प्रदेश ५ मा कोरोना संक्रमितलाई उपचारका लागि राख्ने आइसोलेसन अस्पतालको अभाव खड्किएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाएका चार वटामध्ये तीनवटामा बेड खाली छैनन् ।

 

बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनेका आइसोलेसन बेडहरु संक्रमितले भरिएका छन् । दाङ बेलझुण्डीको आयुर्वेद अस्पतालमा पनि केही बेडमात्र बाँकी छन् । प्रदेश ५ का चारवटा कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड संख्या १ सय ८४ छन् । मंगलबारसम्म ९९ जना कोरोना संक्रमित र १ सय ९५ जना कोरोना शंकास्पद बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । प्रदेश ५ मा अझै ११ सय जनाको आरटी पीसीआर रिपोर्ट आउन बाँकी छ । उनीहरुपनि संक्रमित भएको खण्डमा अवस्था भयावह आउँनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता