काठमाडौं । वर्षौपछि सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा जारी गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । तर यो खबरले भारतीय मिडियामा पागलपन देखिएको छ । नेपाल भन्दा धेरै पछि बनेको भारतले अहिले नेपाललाई गुलामीको परिभाषा सिकाउँदै छ । वर्षौसम्म बेलायतको गुलाम भएको भारतले अहिले नेपालीहरुलाई देशभक्तिको पाठ सिकाउँदै छ । भारत बनेको ७० वर्ष भन्दा धेरै भएको छ ।

भारतबाट नै पाकिस्तान, बंगलादेशजस्ता देशहरु निर्माण भएका हुन् । तर नेपालमा बेलायतीहरुले राज गर्न सकेनन् । हाम्रा पुर्खाहरुले पूर्व टिस्टा देखि पश्चिम काँगडासम्म पुगेर इतिहास बनाएका थिए । अहिले आएर भारतले हामीलाई देशप्रेम र गुलामी सिकाउँदै छ । नेपाल दक्षिण एसियाको सबैभन्दा जेठो अर्थात पुरानो देश हो भन्ने कुरा सायद भारतीयहरुले बिर्सेका रहेछन् । नेपाल बनेको २५० भन्दा धेरै वर्ष भैसक्यो । भारतका धेरै कलाकार हलिउडमा काम गर्दै आएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कति कलिउड अर्थात नेपालमा पनि काम गर्छन । राजपाल यादव लगायत भारतीय कलाकारहरुले नेपालमा आएर काम गरेका छन् । कला, साहित्यको कुनै सीमा हुँदैन भन्ने धारणा धेरै पुरानो हो । त्यसकारण क्षमता भएका धेरै नेपालीहरु भारतीय चलचित्र उद्योगमा काम गर्दै आएका छन् । तर अहिले नेपालले आफ्नो भुमि फिर्ता माग्दा उनीहरुको देशभक्ति भावले सरकारलाई साथ दिइरहेको छ । यो अवस्थामा नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गर्नुभएको छ ।

https://twitter.com/mkoirala/status/1262409634498953216

मनिषाको उक्त ट्वीटलाई लिएर भारतीय मिडियाहरुले आफ्नो मानसिक सन्तुलन गुमाएका छन् । मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु’ भन्नु भएको छ ।

यसको जवाफमा भारतीय मिडियाले बलिउडको खाएर चीनको गुनगान गर्ने भन्दै आलोचना गरेका छन् । भारतको एक चर्चित सञ्चार संस्था एबीपीले यस्तो तल्लो स्तरको रिर्पोटिङ गरेको हो । सबैलाई थाहाँ छ कि लिपुलेक तीन देशबीचको सीमाना हो । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्दछ । यस्को उत्तरी भाग चीनसँग जोडिएको छ भने दक्षिण र पूर्व भारतसँग जोडिएको छ ।

सम्बन्धित खबरहरु