काठमाडौ । सदियौँदेखि हामीले नेपालमाथी भारतको रबैया भन्दै नेपाल सञ्चार माध्यममा समाचार प्रशारण, प्रकाशन भएका दृष्य, तस्बिर तथा छापा देख्दै आएका हौँ । तर मंगलबारदेखि ठिक उल्टो हुन थालेको छ । भारतका प्रतिष्ठित मिडियाहरु समेत भारतमाथी नेपालको रबैया भन्दै समाचार प्रकाशन, प्रशारण गरिरहेका छन् ।

 

राष्ट्रिय टेलिभिजन दुरदर्शन देखि नीजि क्षेत्रका प्रतिष्ठित मिडियाहरुले नेपालले भारतमाथी खुल्ला चुनौती दिएको भन्दै खबर प्रकाशन भइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको सरकार शक्तिशाली मुलुक चीनको आडमा भारतलाई टक्कर दिन आएको भन्दै विश्लेषणहरु प्रस्तुत गरिरहेका छन् । उनीहरुले यतिसम्म भनेका छन् की विश्वका कुनैपनि देश भारत र भारतिय फौजसँग डराउँछ । उसका बिरुद्धमा बोल्न निक्कै सोच्ने गर्दछ ।

तर नेपालका प्रधानमन्त्रीले खुलेरै भारत र भारतिय सैन्य शक्तिका खिलापमा एक्सन र अभिव्यक्ति दिए भन्दै खबरहरु आइरहेका छन् । उनीहरुले भनेका छन् भारतको राष्ट्रिय निसानलाई समेत ओलीले मजाक बनाइदिए । भारत सरकार के हेरेर बसेको छ । राष्ट्रिय निशानको स्तुती सत्यमेव जयते लाई सिंहमेव जयत भन्दै अपमान गरेको उनीहरुले आरोप लगाइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु