काठमाडौ । आज एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ । राजधानी काठमाडौ र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प बिहान ८ बजेर १५ मिनेट जाँदा मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले बताउँनुभयो । आजको भूकम्प ३ दशमल ४ रिक्टर स्केलको मापन भएको छ । यसको गहिराई तिव्र तल भएका कारण ठूलै झड्का महसुस भएको थियो । यद्यपी यसको क्षतिको विवरण आएको छैन । यो नयाँ भूकम्प नभई २०७२ सालकै महाभूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले पुष्टि गर्नुभयो । यसको भक्तपुर केन्द्रविन्दु थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार
सउल, ८ जेठ (रासस) : जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

 

नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

 

हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो ।

 

दक्षिण कोरियामा पठनपाठन

कोरोना महामारीपछि बन् यहाँका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधबारदेखि सञ्चालन भएका हुन् । पूर्वप्राथमिकदेखि अन्य तहका विद्यालय भने जुन ८ देखि सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताएको छ ।

 

गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसनलगायत कुरालाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले सात चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ ।

विद्यालय खुलेर पठनपाठन शुरु भए पनि कोरियामा कोरोना भाइरस भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । दुई हप्ताअघि सउल नजीकैको इथेवन बजारको एक रात्रि क्लबबाट सामूहिक सङ्क्रमणपछि कोरियामा सङ्क्रमण पुनः थपिएको छ । बुधबार मात्र ३२ नयाँ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको ११ हजार ११० पुगेका छन् । त्यसैगरी नौ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने २६३ पुगेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु