काठमाडौ । पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद चर्कदै गएको छ । यो सँगै भारतीय र नेपालीबीच पनि तनाब उत्पन्न भइरहेको छ । हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको अनुष्का शर्माको वेब सिरिज विवादमा फसेको छ । सिरिजलाई बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेकी हुन् । यो सिरिजमा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा नायिकालाई कानुनी चेतावनी अर्थात ‘लिगल नोटिस’ पठाइएको हो ।

 

लिगल नोटिस विशेषतः कानूनी उपचार थाल्नुअघि विपक्षीलाई यसबारे जानकारी दिने उदेश्यले गर्ने गरिएको छ । कोभिड–१९ को महामारीका बेला भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्नका लागि बनेको वकिल समाजका एक सदस्य एवं प्रणय राय एण्ड असोसिएट्सको चेम्बरसँग जोडिएका वकिल विरेन श्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएको जानकारी दिनु भएको छ ।

 

गुरुङले सिरिजको दोस्रो एपिसोडमा प्रयोग गरिएको ‘नेपाली रण्।।’ शब्दले पूरा नेपाली समुदायको अपमान भएको बताएका छन् । गुरुङले भने, ‘एक भिडियो क्लिपमा सोधपुछको क्रममा महिला पुलिस अधिकारीले नेपाली पात्रमाथि जातीवादी गालीको प्रयोग गर्छिन् । यदि नेपाली शब्दको मात्रै प्रयोग गरिएको भए यसमा कुनै समस्या थिएन तर त्यसपछि जुन शब्द प्रयोग गरिएको छ, त्यो शब्द अस्विकार्य छ । अनुष्का यो सिरियलकी निर्माता हुन् त्यसकारण उनलाई नोटिस पठाइएको छ । हालसम्म नायिकाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।’

 

एक मिडिया रिपोर्टका अनुसार गोरखा समाजले पनि यो सिरिजको संवादमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ । १८ मे मा उनीहरुले एउटा अनलाइन याचिका चलाएका छन् । उक्त याचिकामा केन्द्रीय सूचना र प्रसारण मन्त्री प्रकाश जावेडेकर, ओटीटी प्लेटफर्म र सिरिजकी निर्माता अनुष्का शर्मालाई सम्बोधन गर्दै लेखिएको छ । सिरिजको यो संवादमा गोरखा महिलालाई गलत तरिकाले चित्रित गरिएको भन्दै शब्दलाई म्युट गर्नुपर्छ र सब टाइटल ब्लर गर्नुपर्छ साथै संसोधन गरिएको भिडियो सबैका लागि उपलब्ध गराउनुपर्छ भनिएको छ । यसका साथै बिना शर्त उनीहरुलाई माफी पनि माग्नुपर्छ भनिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु