काठमाडौ । बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन् । नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनीहरू सबै नेपालगन्ज उपमहानगरपालिकाकै रहेका छन् । श्रेष्ठले भने, ‘रि टेष्ट गर्दा उहाँहरूको रिपोर्ट नेगेटिभ आएको हुँदा केही बेरमा घर पठाउने तयारी भइरहेको छ।’

शुक्रबार डिस्चार्ज भएर घर जान लागेकामध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले नेपालगन्जका पहिलो संक्रमित व्यक्ति ६० वर्षीय पुरुषको बिहीबार परिक्षण गर्दा तेस्रो रिपोर्ट नेगेटिभ आएको र अन्य २० जनाको दोस्रो रिपोर्टसमेत नेगेटिभ आएकाले उनीहरूलाई डिस्चार्ज गर्न लागिएको बताए ।

बाँकेमा पहिलोपटक वैशाख १९ गते ६० बर्षीय एक मस्जिदमा पढाउने शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका एकै टोलका अन्य मानिसहरुमा समेत संक्रमण भेटिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु