काठमाडौ । के तपाई पछिल्लो समय बढ्दै गएको गर्मी र लकडाउनका कारण आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ ? अब पिर नगर्नुहोस्, यदि तपाईं लकडाउनमा डाक्टरहरू र औषधिबाट टाढा हुनुहुन्छ भने तपाईंको छाला र कपाल स्वस्थ बनाउँने घरेलु तरिकाहरु हामीले लिएर आएका छौ । गर्मीमा चिलाउने लगायत छालासँग सम्बन्धित धेरै समस्याहरु हुन्छन् । आज हामी फलहरुको राजा आँपका बारेमा चर्चा गर्न गइरहेका छौ ।

 

कपालमा आँप लगाउनाले पोषण प्रदान गर्दछ, साथै यसले तपाईंको कपाल बाक्लो र स्वस्थ बनाउँछ। यति मात्र होइन, आँपमा रहेको एन्टिआक्सीडन्टहरूको कारण पनि तपाईंको कपाल सुन्दर र बलियो हुन्छ । आँपमा रहेको फ्लाभोनोइड्सले छालाको त्वचा रोम छिद्र खोलेर पिम्पल्स कम गर्दछ।

 

आँप गुदामा दही मिलाएर राम्रोसँग फिट्नुहोस् । यसमा दुई अण्डाको पहेंलो भाग मिश्रण गर्नुहोस् र बाक्लो लेदो बनाउनुहोस् । आधा घन्टाको लागि यस्लाई कपालमा लगाएर छोड्नुहोस् । त्यसपछि शैम्पूले कपाल धुनुहोस् । तपाईं पनि आँप गुठोले बनेको तेलको उपयोग गर्न सक्नुहुन्छ । यस्ले कपाल झर्ने र फुल्ने समस्याबाट मुक्ति पाइन्छ ।

 

अनुहारमा दाग धब्बा देखिन शुरू भएको छ भने आँपबाट बनेको फेस प्याक लगाउनुहोस् । यो तयार गर्नका लागि, आपँको गूदा र अण्डाको सेतो भाग मिलाएर लेदो तयार गर्नुहोस् । यस्लाई अनुहारमा लगाएर ३० मिनेटको लागि छोड्नुहोस् । यसमा भएको एन्टिआक्सीडन्टहरू र कोलेजेनले तपाईंको छालालाई राम्रो बनाउँछ ।

 

सुक्खा आँपको बोक्रा पीसेर प्रयोग गर्दा पनि छाललाई लाभ हुन्छ । आँपको बोक्राको पाउडरमा गहुँको पीठो र गुलाब पानीसँग मिसाएर लेदो बनाउनुहोस् । यो लेदोलाई अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस् । यस पछि, पानीले अनुहार सफा गर्नुहोस् र क्रीम लगाउनुहोस् । यो गरेर, अनुहारको फोहोर हटेर अनुहारमा चमक आउँनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु