एकाएक राजनीतिमा युर्टन, कमल थापा परराष्ट्रमन्त्री बन्ने कार्डको चर्चा !


काठमाडौं । अहिले नेपाल र भारतबीच सीमा विवाद चर्कदै गएको छ । भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्सामा देखाउँने मात्रै नभएर उक्त क्षेत्रमा सडक निर्माण गरेको छ । यो बीचमा नेपालले आफ्नो भुमि फिर्ता लिन एक्सनमा आएको छ । नेपालले पनि आफ्नो नक्सा जारी गरेको छ । प्रतिनिधिसभाको चुनाव हारेको ब्यक्ति त्यो सभाको पाँच बर्षे कार्यकालभरि मन्त्री बन्न नपाउने संबैधानिक ब्यवस्थाको बर्खिलापमा जाने अवस्था आयो र तत्काल पर्ने रिटलाई अदालतले खारेज गरिदियो भने कमल थापा बजेटपछि ओली सरकारको परराष्ट्र मन्त्री बन्न बेर छैन ।

 

कमल थापाको मार्गप्रशस्त नहुने अवस्थामा अर्का हेभिवेट हुनुहुन्छ भारतमा राजदूतको भूमिका निर्वाह गरी दुई देशवीच सम्बन्ध सुधार्न गठित विद्वत ब्यक्तिहरुको समूह (इपीजी) का सदस्य डा. भेषबहादुर थापा । आइरन कट्स आइरन भने झैं भारतीय जनता पार्टी बिजेपीको हिन्दूत्वलाई काट्दै सीमा विवादमा दिल्लीसङ्ग डिल गर्न अन्ततः पशुपतिनाथको देशमा हिन्दू अधिराज्यको नाराअन्तर्गत क्रियाशील पूर्व पन्चहरुको पार्टी राप्रपालाई प्रयोग गर्न सकिने सम्भावनाको खोजी हुन थालेको चर्चा छ ।

 

नेपालको राजनीतिलाई केलाउने हो भने असम्भव भन्ने शब्द नै छैन । मुलुकको राजनीतिक वृत्तमा पछिल्लो अध्यादेश प्रकरणपछि सम्पूर्ण विपक्षी दल एकै ठाउँमा पुगेका छन् । नेकपाभित्रको विवाद पनि समाधान भएको छैन । सरकार कोरोनाको महामारीसँग जुध्न आवश्यक तयारी र रणनीति बनाइरहेको छ । यहि बीचमा नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । मुलुकभित्र सबैले यसलाई स्वागत गरेका छन् तर भारतले आफ्नो ‘नाखुशी’ पोखिसकेको छ ।

 

यस्तो अवस्थामा संसदभित्र बलियो उपस्थिति नरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग राम्रै मेलमिलापको तयारी गरेको चर्चा छ । राष्ट्रिय राजनीतिमा एउटा बलियो शक्तिको रूपमा रहेको राप्रपाको राजा र राजसंस्थासँग अरु दलभन्दा नजिकको सम्बन्ध छ । पछिल्लो राप्रपा एकीकरण स्वयम् पूर्व राजाको चाहनाबमोजिम भएको मान्नेहरूको संख्या पनि ठूलै छ ।

 

पछिल्लो संसदीय निर्वाचनमा प्रधानमन्त्री स्वयमले राप्रपाका राजेन्द्र लिंगदेनलाई झापामा तालमेल गरेर जिताइदिनुभएको हो । अघिल्लोपटक त उहाँले कमल थापालाई परराष्ट्र मन्त्री नै बनाउनुभयो । उनै थापाले नाकाबन्दीपछिको अवस्थावारे भारत र चीनसँग ‘रचनात्मक डिल’ गरेको र मानव अधिकारको मुध्दा जेनेभामा उठाउने भारतलाई दह्रो जवाफ दिएको प्रधानमन्त्रीको बुझाई रहँदै आएको छ ।

 

ओली सरकारले थापाको आग्रहमा लेफ्टिनेण्ट जनरल नेत्रबहादुर थापालाई दुई पटक राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाएको यथार्थ ताजै छ । उनी कमल थापाका सहोदर दाजु हुन् । विगतमा भारतीय प्रधानमन्त्रीसँग पटक पटक डिल गरेको अनुभव भएकाले अहिले नेपालले नक्सा प्रकाशितपछिको अवस्थालाई सहज पार लगाउन प्रधानमन्त्री ओलीले कमल थापालाई परराष्ट्र मन्त्री बनाउनसक्ने चर्चा राजनीतिक वृत्तमा एकाएक चुलिएको छ । जनआस्था साप्तिहकमा खबर छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता