काठमाडौ । अहिले नेपाल होस कि भारतमा सबैले मनिषा कोइराला नाम सुनेका छन् । बलिउडकी चर्चित नायिका भन्दा पहिले नेपाली चेली मनिषा कोइराला यतिवेला भारतीय सञ्चारमाध्यमको निशानामा आइन् । नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको बेला नेपाली छोरी मनिषाले परराष्टमन्त्री प्रदीप ज्ञवालीको एक ट्विट रिट्विट गर्दै दिएको एक बयानले भारतीय सञ्चारमाध्यमहरु तनाबमा आएका छन् ।

 

मन्त्री ज्ञवालीले मे १८ तारिखमा लेख्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।’ यसपछि नायिका कोइरालाले हाम्रो सानो देश नेपालको स्वाभिमान कायम राखेकोमा धन्यवाद भन्नु भएको थियो ।

 

योसँगै कोइरालाले अब नेपाल, भारत र चीनबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा गर्नुभएको थियो । नेपाली चेलीको उक्त एक टीट्वपछि भारतीय मिडियाहरुले ‘खाओगी भारतकी ओर गाओगी चीनकी’ भनेर अपमानजनक प्रतिकृया दिएका थिए । अब कुरा के आउँछ भने एकजना नायिकाका पछि किन सिंगो भारतीय मिडिया जाइलाग्ने अवस्था आयो त्यसका बारेमा गम्भीर प्रश्न हो । आउँनुहोस्, अभिनेत्री कोइरालाका बारेका केही सामान्य जानकारी लिउँ,

 

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौंमा जन्मनु भएको हो । बलिउडमा मात्रै नभई उहाँले नेपालका पनि धेरै चलचित्रहरुमा काम गर्नुभएको छ । उहाँ हिन्दी चलचित्रमा काम गर्दै आउँनु भएको छ । साथै उहाँ यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँका बुवाको नाम प्रकाश कोइराला हो भने आमा सुष्मा कोइराला हुनुहुन्छ । अर्को महत्वपुर्ण कुरा के भने, उहाँ विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुनुहुन्छ ।

 

मनिषाले बसन्त कन्या महाविद्यालय भी.के.एममा १० कक्षासम्म पढेर वाराणसी जानुभयो । उहाँको परिवारको चाहना डाक्टर बन्ने थियो तर पछि मोडेलिङ्गमा आफ्नो चलचित्र जीवनको सुरुवात थाल्नुभयो । सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गर्नुभयो पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा पर्नुभयो । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुनुहुन्छ ।

 

नेपालमा उहाँले नेपाली चलचित्र ‘फेरी भेटौँला’ मा अभिनय गर्नुभएको थियो । अर्को तिर उहाँले पहिलो हिन्दी चलचित्र सौदागर हो । यस्तो गर्विलो इतिहास छ की उहाँको परिवारका तीन जना नेपालको प्रधानमन्त्री बन्नुभयो । मनिषाका हजुरबुवा विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । अभिनेत्री मनिषा कोइरालाका हजुरबुवाहरु मातृकाप्रसाद कोइराला २००८ साल विश्वेश्वर प्रसाद कोइराला २०१६ साल र गिरिजाप्रसाद कोइराला २०४८ सालमा नेपालको प्रधानमन्त्री बन्नु भएको थियो ।

 

विपी कोइरालाका अर्का छोरा शशांक कोइराला नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । अहिले उहाँ नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ । मनिषा कोइरालाका बुवा प्रकाश कोइराला नेपाली राजनीतिज्ञ तथा पूर्वमन्त्री हुनुहुन्छ । उहाँकी छोरी मनिषा कोइराला बलिउड चलचित्र अभिनेत्री तथा छोरा सिद्दार्थ कोइराला पनि चलचित्र क्षेत्रमा हुनुहुन्छ । अब कुरा गरौं मनिषाका कान्छा हजुरबुवा गिरिजा प्रसाद कोइराला ।

 

उहाँ नेपाली कांग्रेसको सभापति हुनुहुन्थ्यो । उहाँ वि.सं. २०४८ जेठ १२ देखि २०५१ मंसिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७, २०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री हुनु भएको थियो । उहाँकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ र नेपालकी भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुनुभयो । गिरिजा प्रसाद कोइरालाको सुष्मा कोइरालासँग विहे भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु